एजेन्सी । फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले आजभन्दा २ सय वर्ष पहिले आफ्नी पत्नी जोसेफिनलाई लेखेका ३ वटा प्रेमपत्र सवा पाँच करोड रुपैयाँ भन्दा धेरै मूल्यमा लिलाम भएका छन् ।

सन् १९७६ देखि १८०४ को बीचमा लेखिएका ती प्रेमपत्र कूल ५ लाख १३ हजार युरोमा बिक्रि भएका हुन् । बिहीबार फ्रान्सको ड्रोउट अक्सन हाउसमा ती प्रेमपत्रको लिलामी ग्रिएको थियो ।

रिपोर्ट अनुसार सन् १७९६ मा इटाली विजय अभियानका क्रममा पत्नीलाई लेखेको प्रेममत्रमा नेपोलियनले लेखेका छन्, ‘मेरी प्यारी साथी । तिम्रो तर्फबाट मलाई कुनै पत्र प्राप्त भएको छैन । अवश्य पनि केही चलिरहेको छ, त्यसैले तिमीले आफ्नो पतिलाई भुल्यौ । परन्तु काम र तिव्र थकावटका बीचमा पनि मलाई केवल तिम्रोमात्र याद आउँछ ।’

नेपोलियन बोनापार्ट फ्रान्सको क्रान्तिताका सेनापति थिए। सन् १७९९ देखि १८०४ सम्म प्रथम काउन्सिलको रुपमा शासक रहे र १८०४ देखि १८१४ सम्म नेपोलियन प्रथमको नामबाट फान्सको सम्राट बने । उनी १० मार्च देखि २२ जून १८१५ सम्म पुनः फ्रान्सको सम्राट बने । उनी युरोपका अन्य धेरै क्षेत्रका पनि शासक थिए ।

विश्व इतिहासमा नेपोलियन सबैभन्दा महान सेनापतिको रुपमा चिनिन्छन्। उनले फ्रान्समा एक नयाँ कानूनी संहिता लागू गरेका थिए, जसको नाम नै नेपोलियन संहिता थियो ।

फ्रेन्च एडर तथा एगुट्स हाउसेसद्वारा ऐतिहासिक थिममा आधारित भएर आयोजित उक्त लिलामीमा नेपोलियनका प्रेमपत्र मात्र होइन, एक दुर्लभ एनिग् एन्क्रिप्सन मेसिन पनि सामेल थियो । उक्त मेसिनको प्रयोग नाजी जर्मनीले द्वितीय विश्वयुद्धका बेला गरेको थियो । उक्त मेसिन ४८ हजार १ सय युरोमा लिलाम भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!