काठमाडौँ, चैत २८। नेपालमा पब्जी खेल्न नपाउने भएको छ ।  पछिल्लो समय बालबालिका , किशोरकिशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाएको हो ।

Advertisement

पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको छ । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।

मनोचिकित्सकहरूका अनुसार यो खेलले मानवलाई हिंसा तिर धकेलिरहेको छ । केही समय अगाडि छिमेकी मुलुक भारतका केही सहरमा गेमलाई प्रतिबन्धित लगाइसकेकाे  छ । गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको खबर भारतीय मिडायामा आएको थियो ।

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो ।

केही समय अगाडि पब्जीले मानसिक समस्या निम्त्याएको अनुसन्धानबाट पत्ता लागेपछि यसलाई छिटो भन्दा छिटो बन्द गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!