काठमाडौं २७ चैत। घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ । श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो ।

Advertisement

गृह मन्त्रालयका सहसचिव महादेव पन्तले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको जानकारी दिए । पन्तका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले उनको नाम हटाइएको हो । यो विभूषण राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई दिने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भक्तपुर दरबार स्क्वायर नजिक स्वीट होम रेष्टुरेन्टबाट पक्राउ गरेको थियो । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!