सन्तोषजनक छैन सञ्चारमा महिला सहभागिता

सन्तोषजनक छैन सञ्चारमा महिला सहभागिता

रुपन्देही, २७ माघ । विसं २००८ मा प्रकाशित ‘महिला’ मासिक पत्रिकाको सम्पादन महिलाबाट भयो र नेपालको पत्रकारितामा महिला सहभागिता पनि यहीँबाट शुरु भयो । सहाना प्रधान र कामाक्षा देवी मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । नेपालको सञ्चार क्षेत्रमा महिला सहभागिताको इतिहास त्यति लामो छैन । विसं २०७५ सम्म आइपुग्दा पत्रकारितामा महिला सहभागिता बढ्दै गए पनि त्यो सन्तोषजनक भने छैन । नेपाल पत्रकार महासङ्घको त...
सिंगापुरमा एचआईभी सम्बन्धी गोप्य विवरण सार्वजनिक

सिंगापुरमा एचआईभी सम्बन्धी गोप्य विवरण सार्वजनिक

सिंगापुर, २७ माघ । रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए । रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेट...
सैनिकको रगतले बचायो वृद्धालाई

सैनिकको रगतले बचायो वृद्धालाई

डोटी, २७ माघ । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ । सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो । शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उहाँलाई रुद्रध्वज गणमा कार्यर...
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

लन्डन, २७ माघ । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ । गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ । बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स...
‘सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता

‘सोल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता

काठमाडौँ, २७ माघ । नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिनुभयो । सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछ...
सात स्थानीय तह भाडाका भवनमा

सात स्थानीय तह भाडाका भवनमा

दार्चुला, २७ माघ । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यहाँ सात स्थानीय तह भाडाका भवनमा सञ्चालनमा छन् । स्थानीय तह गठन भएको डेढ वर्ष बित्नलाग्दासमेत स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन र लेकम गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका आफ्ना भवन छैनन् । भ...
पाँच बलिउड कलाकार जो सरोगेसीबाट आमाबाउ बने

पाँच बलिउड कलाकार जो सरोगेसीबाट आमाबाउ बने

बलिउडका थुप्रै सेलिब्रिटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन्। कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ। कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन्। आमिर खान अभिनेता आमिर खान र उनकी दोस्री श्रीमती किरण रावले इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सरोगेसी विधिबाट छोरा अजाद राव खानलाई जन्माएका हुन्। किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरूले य...
छ स्थानीय तह दमकल विहीन

छ स्थानीय तह दमकल विहीन

पर्वत, २७ माघ । गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । आगामी वर्ष बजेट विनियोजन ...
चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी,२७ माघ । चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो । फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्...
विराटनगरमा टिपरको ठक्करबाट एककोे मृत्यु

विराटनगरमा टिपरको ठक्करबाट एककोे मृत्यु

उर्लाबारी, २७ माघ ।  विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएक...
गलत घरमा छिर्दा पक्राउ

गलत घरमा छिर्दा पक्राउ

तपाईंले एउटा जँड्याहाको जोक सुन्नुभएको छ ? छैन भने रोचक समाचारभन्दा अगाडि त्यो जोक नै सुन्दा रमाइलो होला । एउटा जँड्याहाले टन्न रक्सी खाएपछि उसको साथीलाई बडो सकस हुन्छ । उसले जँड्याहा साथीलाई घर पुर्याइदिऊँजस्तो लाग्छ । जँड्याहाले पनि हुन्छ भन्छ । त्यसपछि जँड्याहाले आफ्नो घर अगाडि पुगेर भन्छ, ‘सुन् साथी, यो हो मेरो घर ।’ त्यसपछि उनीहरु दुवै घरभित्र छिर्छन् । जँड्याहाले भन्छ, ‘यो हो मेरो घरको ब...
शरीर बाहिर मुटु भएकी शिशुको सफल सङ्घर्ष

शरीर बाहिर मुटु भएकी शिशुको सफल सङ्घर्ष

बीबीसी । भ्यानेलप होप विल्किन्स जन्मँदै शरीर बाहिर मुटु लिएर जन्मिइन्। किनभने उनको शरीरमा छातीको महत्त्वपूर्ण हड्डी 'ब्रेस्टबोन' नै थिएन। उनको तीनवटा शल्यक्रिया गर्नु पर्‍यो। जन्मेको १४ महिनासम्म त उनी अस्पतालनै बसिन्। र, अब उनी अन्तत: डिस्चार्ज भएर घर पुगेकी छन्। आमाबुवा निकै खुसी भएका छन्।
३६० केजी चरेससहित तीन भारतीय पक्राउ

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४  नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले...
महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

गोरखा, २७ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे । ‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण ...
राष्ट्रपतिबाट वसन्त श्रवण

राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष...
चालीस प्रहरीको बढुवा सिफारिश

चालीस प्रहरीको बढुवा सिफारिश

काठमाडौँ, २७ माघ ।  नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका ...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

दमौली, २७ माघ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भ...
व्याट्री पड्किँदा दुवै आँखा बन्द

व्याट्री पड्किँदा दुवै आँखा बन्द

हुम्ला, २७ माघ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री सुकाउन जाँ...
झापामा चैते धान विस्तार गरिने

झापामा चैते धान विस्तार गरिने

बनियानी, २६ माघ । झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० ला...
मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी ...
अझै छ कटुवाल प्रथा

अझै छ कटुवाल प्रथा

बागलुङ, २५ माघ । सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत चार वर्षदेखि कटुवालको भूमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हात...
स्थानीय जातको आलुको माग उच्च

स्थानीय जातको आलुको माग उच्च

कञ्चनपुर, २६ माघ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् । खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थमा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती गरेका छन् । घरैया आलुको माग बढेपछि लगाउन छाड्दै गएको आलु पुनः लग...
आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

काठमाडौँ, २६ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । ‘हामीले खेलाडीहरुसँग सम्झौता गरेर पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने, ‘खेलाडीहरु धनगढीबाट फर्किएपछि तलब बाँड्छौं ।’ सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुल...
गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो

गैँडामाथि बसेर फोटो खिच्नेलाई सचेत गराई छाडियो

रत्ननगर, २६ माघ । गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ । रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो । गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्ज...
नोबेलले अप्रेशन गरेर निको पार्यो १८ बर्षदेखिको छारे रोग : हर्षले भक्कानिइन आमा (भिडियोसहित)

नोबेलले अप्रेशन गरेर निको पार्यो १८ बर्षदेखिको छारे रोग : हर्षले भक्कानिइन आमा (भिडियोसहित)

बिराटनगर, २५ माघ । १८ बर्ष अघि देखि छारे रोगबाट पीडित छोराको अप्रेशन सफल भएर निको भएपछि नवलपरासीकी वासना चापागाँईका आँखामा हर्षका आँसु छचल्किए । ७ बर्षकै उमेरदेखि छारे रोगका कारण बारम्बार पीडा झेल्दै आएका २५ बर्षीय विशाल चापागाँईलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालले अप्रेशन गरेर निको पारेको हो । सामान्यतया छारे रोगीहरुले लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका हुन्छन् । तर, अहिले अप्रेशनको माध...
सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

विराटनगर, २५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान

नारायणपुर, २५ माघ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४ दिनदेखि चल्दै आएको विवाद समाधान भएको छ । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारी, करार कर्मचारी र ज्यालादारी कर्मचारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजनको लागि राखेको माग पूरा भएपछि आन्दोलन टुङ्गिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको नेतृत्वमा केन्द्रबाट आएको टोलीले व...
जोगाउला ‘समर लभ’ ले पुस्तकको साख ?

जोगाउला ‘समर लभ’ ले पुस्तकको साख ?

काठमाडौँ, २५  माघ । केही हप्तायता नेपाली फिल्मको व्यापार पट्यारलाग्दो छ । गएको मंसिरमा आएको फिल्म ‘प्रसाद’ पछि कुनै फिल्मले लगानी सुरक्षित त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार पारिएको पोस्टरको पैसा समेत उठाउन सकेका छैनन् । हरेक हप्ता निर्माताको करोडौं डुबिरहेको छ । गत हप्ता मात्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ का निर्माताको करीब ५ करोडको लगानी बालुवामा पानी पोखे सरह भयो । 'झुर' फिल्मका कारण ...
शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे दुर्घटना : अध्यक्ष दाहाल

शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे दुर्घटना : अध्यक्ष दाहाल

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले शान्ति सम्झौता र संविधान इमान्दारिताका साथ कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । “यदि शान्त...
चट्याङबाट दुई जनाको मृत्यु

चट्याङबाट दुई जनाको मृत्यु

अमरगढी, २५ माघ । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । यस्तै च...
संखुवासभाको विद्युत् गृहमा बम विस्फोट

संखुवासभाको विद्युत् गृहमा बम विस्फोट

खाँदबारी, २५ माघ । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक...
error: Content is protected !!