जहाज ‘होल्ड’ बारे छानबिन हुने

जहाज ‘होल्ड’ बारे छानबिन हुने

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प...
झापाका बगरमा लहराउँदै तरकारी

झापाका बगरमा लहराउँदै तरकारी

भद्रपुर, २३ फागुन । झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुर...
साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली  घोषणा

साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली घोषणा

काठमाडौँ, २३ फागुन । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका २३ खेलाडीबाट आज सावित्रा भण्डारीको कप्तानीमा २० खेलाडीको छनोट गर्नुभएको हो । टोलीमा गोलकिपरमा एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषानाथ, डिफेण्डरमा हीराकुमारी ...
राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

दोहा, २३ फागुन । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । “कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ,” मन्त्रालयले जनाएको छ । मन्त्रालयले ऋणपत्रका लागि ५० अर...
लगातार मूल्य बढेपछि निगमलाई सकस

लगातार मूल्य बढेपछि निगमलाई सकस

काठमाडौँ, २३ फागुन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो । यही फागुन ४ गते ‘इ...
जब मोटे मुसालाई बचाउन ९ सदस्यीय उद्धार टोली खटियो

जब मोटे मुसालाई बचाउन ९ सदस्यीय उद्धार टोली खटियो

एजेन्सी । जर्मनीको बेसहाइम सहरमा अग्नी नियन्त्रक तथा उद्धार कार्यालयमा एउटा अनौठो फोन आयो । ढलको बंगालमा रहेको प्वालमा फसेको एउटा मोटो मुसाको उद्धार गर्नुपर्यो भन्दै कसैले उद्धारकर्मीलाई फोन गर्यो । उद्धार टोलीका माइकल सेहरका अनुसार चिसोको कारणले गर्दा उक्त मुसाको जीउ फुलेको थियो र मोटो भएको थियो । बंगालको प्वालमा उसको जिउ अडि्कयो । मुसा न त बाहिर आउन सक्यो, न त भित्र नै जान सक्यो । मुसाको उद्...
पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने

पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने

काठमाडौं । पूर्व मिस नेपाल नीकिता चण्डक भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शाे’मा अतिथिको रुपमा देखिने भएकी छिन्। सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी हुन् ।तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे प्रष्ट्याएकी छैनन् । नीकिताले ‘सो’को पात्र किकु सर्दासँग खिचाएका फोटोे इन्स्टाग्राममा राख्दै ‘र हामीहरुको भेट भयो, कपिलको शोमा बोलाएकोमा धन्यबा...
दुई किलो सुनसहित दुई जना पक्राउ

दुई किलो सुनसहित दुई जना पक्राउ

धनगढी, २३ फागुन । कैलालीको चिसापानीमा गए राति प्रहरीले दुई किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिनुभयो । जीप चालक कैलालीका रमेश सैँजु र जीप...
इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

इन्डोनेसियाको सुन खानी दुर्घटना, मृतकको संख्या २७ पुग्यो

जकार्ता, २३ फागुन  ।  मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ । एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो । बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्...
काठमाडौँको मख्खनगल्लीमा आगलागी

काठमाडौँको मख्खनगल्लीमा आगलागी

काठमाडौँ, २३ फागुन । काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो । आगो निभाउन विभिन्न क्षेत्रका चार द...
भारतमा बस स्टेशनभित्र बम विस्फोट

भारतमा बस स्टेशनभित्र बम विस्फोट

श्रीनगर, २३ फागुन ।  भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ । घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था ग...
निजी स्रोतका शिक्षकका लागि एक करोड

निजी स्रोतका शिक्षकका लागि एक करोड

बैतडी, २३ फागुन । पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ । नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालय...
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

काठमाडौँ, २३ फागुन । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा...
बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बाँके, २३ फागुन । चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित बसोवा...
गण्डकी मेडिकल कलेजका २ पक्राउ

गण्डकी मेडिकल कलेजका २ पक्राउ

चिप्लेढुङ्गा, २३ फागुन । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरे...
सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

काठमाडौँ, २३ फागुन । मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण...
चितुवाको आक्रमणबाट प्रहरी घाइते

चितुवाको आक्रमणबाट प्रहरी घाइते

लम्की, २३ फागुन । चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाड...
विद्युत् चोरीको आरोपमा सात पक्राउ

विद्युत् चोरीको आरोपमा सात पक्राउ

राजविराज, २३ फागुन ।  हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्र...
धरहरा पुनःनिर्माणको कामले गति लियो

धरहरा पुनःनिर्माणको कामले गति लियो

काठमाडौँ, २३ फागुन । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गत...
भक्तपुरमा करेन्ट लागेर मृत्यु

भक्तपुरमा करेन्ट लागेर मृत्यु

भादगाउँ, २३ फागुन । भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो । प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा छुक्काको मृत्यु भएको हो । घटनाबारे थप अनुुसन्ध...
सवारी दुर्घटनामा एकको मत्यु

सवारी दुर्घटनामा एकको मत्यु

भादगाउँ, २३ फागुन । मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठ...
कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । सभामुखसँग समय माग गर्दै सांसद...
अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा अध्यक्ष राजेन्द्र महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा अध्यक्ष राजेन्द्र महतो

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस...
अमेजन जंगलका केही रोचक तथ्य

अमेजन जंगलका केही रोचक तथ्य

काठमाडौं । अमेजन रेनफरेस्ट दक्षिण अमेरिकाको अम्र्जम नदीको प्रमूख स्रोतको रूपमा रहेको जंगल मानिन्छ । यसको क्षेत्रफल ५५ लाख वर्ग किलोमिटरमा फैलिएको छ भने ब्राजिलले सबैभन्दा यसको भूभाग ओटेको छ । विश्वमा जति यो जंगल चर्चित छ त्यति नै यसका तथ्य पनि । अमेजन जंगलको नाम ग्रिक भाषाबाट आएको मानिन्छ । जसलाई साहसी महिला भनेर चिनिन्छ । स्पेनका खोजकर्ता फ्रान्सिसको ओरेल्लानाले महिलाबाट हमला भएपछि सोही महिलाक...
निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

काठमाडौँ, २३ फागुन  । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्...
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौँ, २३ फागुन । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछ...
कपिलवस्तुमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

कपिलवस्तु,  २३ फागुन । कपिलवस्तुमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका हुन् । जिल्लाको शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको र सो गोली लागेर कार्यक्रता दुर्गाबहादुर रोका घाइते भएका हुन् । उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको र अ...
झापामा मकै खेतीमा अनुदान

झापामा मकै खेतीमा अनुदान

भद्रपुर, २३ फागुन । कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५/७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो । अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्र...
लागुऔषधसहित एक पक्राउ

लागुऔषधसहित एक पक्राउ

दमौली, २३ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका निजविरुद्ध बुधबार तनहुँ अदाल...
गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

काठमाडौँ, २३ फागुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् । सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु दुई लाखको अक्षयकोषबाट उक्त सहयोग गरिएको हो । विद्यार्थी मनदीप पौडेल, रमेश लामा, राजकुमार सुर्खेती, विनोद गजुरेल...
ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

काठमाडौँ, २३ फागुन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसम...
error: Content is protected !!