धनकुटामा बस दुर्घटना
धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो ।
दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।
बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको...































