कोदार क्लवलाई एन्फा लिग फुटवलको उपाधी
भोजपुर । कोदार फुटवल क्लवले जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । वैकरोड फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै कोदार फुटवल क्लवले उपाधी उचालेको हो । उपाधीका लागि फाइनल खेलमा दुई टिम वीच कडा प्रतिस्पर्धा भएको थियो ।
जितसंगै कोदार फुटवल क्लवले २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उप–विजेता वैकरोड फुटवल क्वलले १० हजार नगद र प्रमाण पत्र पाएको जिल्ला फुटवल सं...
