वि.सं. २०७४ साल वैशाख १० गते। आइतबार। इश्वी सन् २०१७ अप्रिल २३ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, २३:१८ बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) 

अवसरले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने दिगो फाइदा हुने काम थालनी हुन सक्छ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। साझेदारीले फाइदा दिलाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्ने सम्भावना छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले झुक्याउन सक्छन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्न गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा अवश्यै हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा समस्या आउन सक्छ। मिहिनेत गर्दा साँझदेखि जीवनशैलीमा सुधार आउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। धैर्य एवं मिहिनेतले भविष्यका लागि आशा जगाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। जीवनसाथीका माध्यमबाट रोकिएको कामसमेत बन्न सक्छ। तर, बेसुरमा वचन दिनाले समस्या आइपर्ला। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नाले अर्थअभाव समेत देखा पर्ने सम्भावना छ। साँझतिर परिस्थितिले केही निराश तुल्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिबन्धले समस्या निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पहिलेका सहयोगी नै प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिने हुँदा विवेकले काम लिनुहोला। काम दोहोर्याउनुपरे पनि साँझदेखि राम्रो नतिजा हातपार्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। परिस्थितिले केही निराश बनाए पनि मिहिनेतले फाइदा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि ज्ञानको गहिराइमा पुग्न सकिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। हिम्मत गर्दा योजना कार्यान्वयनमा आउनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। नतिजा राम्रो आए पनि विवादले मन खिन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। साँझदेखि शुभचिन्तकहरू जुट्नाले स्थितिमा सुधार आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। परिवारजनसँग आत्मीयता बढ्नेछ भने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। साँझदेखि ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काममा बाधा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

(नेपाली पात्रो)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!