मेष– दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ ।

वृष– मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।

Advertisement

मिथुन– बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ ।

कर्कट– आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन ।

सिंह– हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव पर्ने देखिन्छ ।

कन्या– आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ ।

तुला– पराक्रम बढनुको साथैअधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला ।

वृश्चिक– व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, आर्थिक लाभ पनि हुनेछ

धनु– बैदेशिक कार्यमा असफलभै दुख्ख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।

मकर– व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ ।

कुम्भ– धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ ।

मीन– आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!