गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग १ त ३७१६ नंको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ । अस्पताल लैजादै गर्दा मृत्यु।

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो ।

Advertisement

सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!