पोखरा । पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाखभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो ।

Advertisement

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत सामग्री वितरण गर्दै नगरपालिकाले बाढीको तथ्यांक संकलन गरी विभिन्न तीन चरणमा समस्या समाधान गर्ने तयारीमा जुटेको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख पार्वती शाहले बाढीका कारण दुःखमा परेकालाई निःस्वार्थ र पवित्र भावनाले मलमपट्टी लगाएर पोख्रेली पर्यटन व्यवसायीले ठूलो गुन लगाएको बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!