गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्र्याक्टरले किचेर एक किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ बस्ने ७० वर्षीय महादेव यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Advertisement

ना ४ त ८६४४ नम्बरको ट्र्याक्टर लगाएर सोमबार साँझ सोही ट्र्याक्टरको पछाडि बसेर आफ्नै खेत जोताइरहेका किसान महादेव यादवको खेतमै लडेर सोही ट्र्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कठायतले बताउनुभयो ।

मृतक किसान यादवको शव परीक्षणका लागि गएराति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने उनलाई किच्ने ट्र्याक्टर प्रहरी चौकी कान्तिबजारको नियन्त्रणमा रहेको जनाएको छ । साथै ट्र्याक्टरको चालक घटनापश्चात् फरार रहेको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!