महोत्तरी । भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ ।

गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो ।

Advertisement

ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो ।

बरामद गरिएका गाई हेटौँडाबाट ल्याइएको र भारत, बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । बरामद गाई र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको इप्रका बर्दिबासले जनाएको छ ।

महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुँदै आएको छ ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!