संगालोखबर संवाददाता

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा एकै दिन एक हजार रुपैयाँले बढेको छ ।

Advertisement

आज सुनको मूल्य प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी बजारमा प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement