चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति

चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति

काठमाडौ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ । अख्तियारले दोस्रोपल्ट म्याद थपका लागि शर्मालाई शुक्रबार विशेष अदालतमा पेस गरेको थियो । गत शुक्रबार पक्राउ परेका शर्मालाई विशेष अदालतले गत आइतबार एक साता थुनामा राख्ने अनुमति दिएको हो ।
भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु

भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु

चितवन। भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । आदेश जारी भएपनि नेपाली काँग्रेस र माओवादी केन्द...
‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

चितवन । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न ...
बागलुङ बन्द फिर्ता

बागलुङ बन्द फिर्ता

बागलुङ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो । अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए । मङ्गलबार साँझ पर्वत–बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरील...
चोक चोकमा सिसी क्यामरा

चोक चोकमा सिसी क्यामरा

भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी द...
एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

काठमाडौ। ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आवमा पाँच हजार ६६८ दुर्घटनामा १६६ जनाको मृत्यु, २७५ जना गम्भीर घाइते तथा तीन हजार ९०१ जना सामान्य घाइते भएका थिए । कमजोर सडक पूर्वाधार, कमजोर ट्राफिक न...
बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

बाजुरा। एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि आएको वर्षाका कारण जिल्लावासीलाई आवतजावतमा कठिनाइ भएको छ । अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका– ३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका– ३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...
टाटासुमो दुर्घटनामा चालकको मृत्यु, ७ घाइते

टाटासुमो दुर्घटनामा चालकको मृत्यु, ७ घाइते

काठमाडौं। काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको टाटासुमो जिप बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ भालुखोला नजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । ना १ ज ४९३५ नं को टाटासुमो जीप अनियन्त्रित भइ सडकबाट १५ फीट तल खस्दा दोलखा नाम्दु घर भएका चालक २४ वर्षीय रामहरि दासको मृत्यु भएको प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए । जिपमा सवार ७ जनामध्ये दुई जनाको अवस...
कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न : राजपा नेता

कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न : राजपा नेता

काठमाडौ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका छन् । संसद्‍मा शुक्रबार बोल्दै यादवले सरकारले संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, क्षतिपूर्ति, सहिद घोषणालगायत माग पूरा नगरेसम्म चुनावमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘सरकारले अहिलेसम्म सहमति कार्यान्वयन गरेको छैन । हाम्...
निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गर्नुभयो । भरतपुर महानगरपालिकामा...
विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको आपत्ति

विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको आपत्ति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो भन्दै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । ...
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

काठमाडौ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्...
एमालेलाई एक्ल्याउन खोजियो : नेम्वाङ

एमालेलाई एक्ल्याउन खोजियो : नेम्वाङ

काठमाडौ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिनुपर्नेमा सरकारले सधैं एक्ल्याउन खोजेको आरोप लगाएका छन् । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिनेक्रममा संसद्‌मा बोल्दै नेम्वाङले संविधान कार्यान्वयन, संविधान सर्वस्वीकार्यताको नाममा प्रतिपक्षीलाई 'कुना पार्ने' काम भएको टिप्पणी गरेका हुन् । ‘संविधान कार्यान्वयनका लागि विधेयकहरु निर्माण...
मधेसी नेतालाई प्रधानमन्त्रीको आश्वासनः चुनावमा आउनोस्, म संविधान संशोधन गरीछाड्छु

मधेसी नेतालाई प्रधानमन्त्रीको आश्वासनः चुनावमा आउनोस्, म संविधान संशोधन गरीछाड्छु

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको प्रष्ट पारेका छन् । तर, यो चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने-दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर पारित गराउ...
अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

अबुधाबी (दुबई)। आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका ...
बिराटनगरमा मुख्य दलले उम्मेदवार टुङ्गो नलगाउँदा मतदाता अलमलमा

बिराटनगरमा मुख्य दलले उम्मेदवार टुङ्गो नलगाउँदा मतदाता अलमलमा

विराटनगर । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् । दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो की चर्चाका कारण थप अलमलमा प...
इटहरी काँग्रेसभित्र विवाद

इटहरी काँग्रेसभित्र विवाद

इटहरी। आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टीब...
झापामा उम्मेदवारद्वारा अनुमतिबिना सवारी साधन प्रयोग

झापामा उम्मेदवारद्वारा अनुमतिबिना सवारी साधन प्रयोग

सुरुङ्गा (झापा)। स्थानीय निकायको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेका छन् । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा प्रयोग गरिएका सवारी साधनको अनुमति नलिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो...
उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

काठमाडौ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले...
पाँचथरको फिदिममा बन्चरो प्रहार गरी  एक व्यक्तिको हत्या

पाँचथरको फिदिममा बन्चरो प्रहार गरी एक व्यक्तिको हत्या

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा आज बिहान एक व्यक्तिको हत्या भएको छ । मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् । हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रका, पाँचथरले जनाएको छ । प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलका अन...
लागुऔषधसहित भारतीय पक्राउ

लागुऔषधसहित भारतीय पक्राउ

बागलुङ। अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनि...
नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

बैतडी । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ । यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रघुवीरसिंह धामीलाई उम्मेदवार बनाउको...
जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्...
चमेलिया नदीमा एक किशोर बेपत्ता

चमेलिया नदीमा एक किशोर बेपत्ता

बैतडी। चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । ट्युबमाथि चढेर चमेलिया नदीमा पौडी खेलिरहेका बेला उनी एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोज...
इलामका सत्ताइस मतदानस्थल अतिसंवेदनशील

इलामका सत्ताइस मतदानस्थल अतिसंवेदनशील

इलाम। इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ । सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थ...
२०७४ जेठ २६ गते शुक्रबारको राशिफल

२०७४ जेठ २६ गते शुक्रबारको राशिफल

मेष–    सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । वृष–    व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । मिथुन–    कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । कर्कट–    काममा समस्याको सामाना गर्नु पर्ला  गलत लेनदेनमा समस्या आउन  सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।...
प्रधानमन्त्री देउवासहित मन्त्रीहरु पुगे सन्तको शरणमा (फोटो फिचरसहित)

प्रधानमन्त्री देउवासहित मन्त्रीहरु पुगे सन्तको शरणमा (फोटो फिचरसहित)

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा दाहाललाई भैंसीको पूजा गराएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायत सन्तको आश्रमम...
लडेर एकको मृत्यु

लडेर एकको मृत्यु

रुकुम । खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ । बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्यालय चौरजाहारीले जनाएको छ ।
चुनावमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

चुनावमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

  भोजपुर । भोजपुरका राजनीतिक दलले स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन । १८ वर्ष माथीकालाई मात्र चुनावमा प्रयोग गर्न दलहरु सहमत भएका हुन । महिला विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा दलहरुले सामुहिक प्रतिवद्धता जनाएका हुन । राजनीतिक कार्र्यक्रम, चुनावी सभा, गोष्ठी तथा सम्मेलनमा १८ वर्ष मुनिका बालबालिका सहभागि नगराउने उनीहरुको प्रतिबद्धता छ । दलहरुले गरे...
सर्वसाधरणका हराएका मोवाइल फेला पार्दै भोजपुर प्रहरी

सर्वसाधरणका हराएका मोवाइल फेला पार्दै भोजपुर प्रहरी

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले हराएका मोवाइल खोजतलासलाई तिवता दिएको छ । एक महिनाको अवधिमा हराएका ६ वटा मोवाइल फेला पारेर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । जिल्लामा हराएका अधिकासं मोवाइल जिल्ला वाहिर फेला परेका छन । हालसम्म १० वटा मोवाइल हराएको उजुरी प्राप्त भएको भोजपुर प्रहरीले जनाएको छ । पछिल्लो समय हराएका मोवाइल खोजी कार्यमा निकै सफलता मिलेको जिल्ला प्रहरी कार्...
भाषा विवादका कारण दार्जिलिङमा तनाव

भाषा विवादका कारण दार्जिलिङमा तनाव

 दार्जिलिङ।  दार्जिलिङमा राज्य सरकारको ‘क्याबिनेट मिटिङ’ भइरहेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि दार्जिलिङ तनावग्रस्त बनेको छ । राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा सिंगो दार्जिलिङ आन्दोलित  भइरहेका बेला मुख्यमन्त्री ममता बेनर्जीले पहिलोपटक दार्जिलिङमै क्याबिनेट बैठक गर्ने साहस गरेकी थिइन् । दार्जिलिङको भानु भवनमा क्याबिनेट बैठक जारी रहेकै बेला मोर्चा...
error: Content is protected !!