मतदाता परिचयपत्र वितरण सुरु, ७७ वटै जिल्लाका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने
काठमाडौँ, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि गएरातिबाटै मौनअवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा भने दलहरुको प्रचार प्रसार नरोकिने निार्वचन आयोगले जनाएको छ । यस्तै,सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु...






















