सिरहा, ८ मंसिर । सिरहाको भगवानपुर गाउँपालिका ४ मा आज बिहान आगलागी हुँदा तीनलाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय श्रीलाल यादवको गोठबाट सुरु भएको आगोबाट तीन वटा घर जलेका छन् ।

Advertisement

विहान एक बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात सहित तीन लाख मूल्य बराबरको सर सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दा, प्रहरी र दमकलको सहयोगमा बिहान ३ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!