हुम्ला, ८ मंसिर । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ ।

बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।

Advertisement

जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बाँस्कोटाले बताए ।

उनका अनुसार म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्ने प्रजिअ बाँस्कोटाले बताए ।

जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् । मतदान स्थलहरुमा सुरक्षाकर्मी पनि खटिसकेको र मोबाइल टोली पनि व्यवस्था गरिएको छ ।

तीन स्थानमा नेपाली सेनाको क्याम्प राखिएको प्रजिअ बाँस्कोटाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!