नयाँ दिल्ली, ६ मंसिर । भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री  राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो विश्व ट्वाइलेट दिवसको दिन सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको हो।

Advertisement

मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

उनी भारतका प्रान्तीय मन्त्री हुन्। गत साता भ्रमणका क्रममा आफू धेरै अप्ठ्यारो परिस्थितिमा परेकाले सार्वजनिक स्थानमा नै शौच गरेकोलाई मन्त्री स्वंयम् पनि स्वीकार गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले घर घरमा शौचालय कार्यक्रम अगाडी बढाइरहे कै समयमा उनकै सरकारका मन्त्रीले गरेको यस्तो हर्कतले विश्वलाई नै अचम्मित पारेको छ।  मोदी सरकारले भारतमा घर घरमा  शौचालय बनाउनका लागि विशेष प्रकारको बजेट विनियोजन गर्दै आइरहेको छ।

उनको  आलोचना सामाजिक सञ्जाल ट्वीटरमा धेरै भएको छ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!