काठमाडौँ, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि गएरातिबाटै मौनअवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा भने दलहरुको प्रचार प्रसार नरोकिने निार्वचन आयोगले जनाएको छ ।  यस्तै,सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार ११ गतेबाट भने आचारसंहिता फुकुवा हुनेछ । आयोगले जारी गरेको विज्ञप्तिमा ‘पहिलो चरणको निर्वाचनका लागि शुरु भएको मौन अवधीमा समाचार माध्यमबाट प्रकाशान तथा प्रशारण गरिने समाचारजन्य सामाग्रीबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधीमा आचारसंहिता विपरितका कुनैपनि प्रकारका सामाग्री प्रकाशन प्रशारण नगर्न आग्रह गरिन्छ’ भनिएको छ ।

यसैवीच आयोगले आचारसंहिता कार्यन्वयन गरेनगरेको अनुगमन गर्न छुट्टै विशेषज्ञहरुको टोली गठन गरेर अनुगमन गर्ने जनाएको छ । सो टोलीले सवै सञ्चारमाध्यमहरुको निगरानी गर्नेछ ।

यसैगरी पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले आजबाट ३२ जिल्लामा मतदाता परिचयपत्र वितरण गर्दैछ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने आयोगले जनाएको छ । परिचय पत्र वितरण र मतदाता सचेतना अभियान एकैसाथ गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!