सिधुवाको सरस्वती माविमा पहिलो पटक महिला अध्यक्ष 

सिधुवाको सरस्वती माविमा पहिलो पटक महिला अध्यक्ष 

सिधुवा, २६ भदौ । धनकुटाको सिधुवा स्थित सरस्वती माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा गोमा कार्की (दाहाल) निर्वाचित भएकी छन । कार्की उक्त बिद्यालयको पहिलो महिला अध्यक्ष हुन । वि.स. २०१९ सालमा स्थापना भएको बिद्यालयमा ५५ बर्षपछि महिला अध्यक्षको रुपमा कार्की निर्वाचित भएकी हुन । नव गठित समितिको सदस्यहरुमा सरिता बस्नेत, लोकबहादुर खड्का, चन्द्र मगर, खगेन्द्र सिजाली, लिला घिमिरे, हरी ओझा...
धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

धनकुटा, २६ भदौ । धनकुटामा मंगलबारदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता आयोजक समितिले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन । भुटानको बि.आर.सि, ब्वाईज युनियन काठमाण्डौं, विर्ता युनाईटेड झापा, वेलवारी एफ.सी. मोरङ, ग...
झापामा छोराले खुकुरी प्रहार गर्दा आमा घाईते, आमा अस्पतालमा, छोरा फरार

झापामा छोराले खुकुरी प्रहार गर्दा आमा घाईते, आमा अस्पतालमा, छोरा फरार

झापा, २६ भदौ । झापाको दमक नगरपालिका–५ मा छोराले खुकुरी प्रहार गर्दा आमा घाइते भएकी छन । २४ बर्षीय छोरा शिव कुमार सतारले आइतबार अपरान्ह ४ बजेतिर आफ्नै आमा ३८ बर्षीया रेखा सतारलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय १८ बर्षीय दिनेश भुजेलसंग लेनदेनको विषयमा झगडा हुँदा आमाले छुटाउँने क्रममा शिवले आमामाथि नै खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते रेखाको वीपी को...
मोरङमा १८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

मोरङमा १८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

विराटनगर, २६ भदौ । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन्। १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो। अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन्। मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ। तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन्। भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विक...
उम्मेद्वारलाई नै थाहा छैन आफ्नै चुनाव चिन्ह, जान्दैनन् भोट हाल्न

उम्मेद्वारलाई नै थाहा छैन आफ्नै चुनाव चिन्ह, जान्दैनन् भोट हाल्न

काठमाडौं, २६ भदौ। सुत्रिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरदैलो गर्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन । सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान ...
२०७४ भदौ २६ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ भदौ २६ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ । वृष– पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा पैगति हुने देखिन्छ । मिथुन– व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । कर्कट– खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सिंह– कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुने...
ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्त पक्राउ

ओखलढुंगा। ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा भएको रहस्यमय घटनाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका ५  मूलखर्कका धीरेन तामाङ, रुपलाल तामाङ र दिपक तामाङ छन् । उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा ...
सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

क्यासपरस्की ल्याब। तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको ...
तमोरमा भेटिएको बेवारिसे शवको सनाखत

तमोरमा भेटिएको बेवारिसे शवको सनाखत

धनकुटा, २५ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदिमा फेला परेको बेवासिसे शवको शनाखत भएको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा गत बुधबार वेवारिसे अवस्थामा शव फेला परेको थियो । उक्त शव फिदिम–५ पाँचथरका ४७ बर्षीय राजेन्द्र कुमार तुम्वाफुको रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले संगालोखबरलाई जानकारी दिए ।   उनका अनुसार मृतकका काका भरत तु...
अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

चितवन । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । महानगरमा प्रमुख र उपप्रमुख...
प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने

प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने

भक्तपुर । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो । भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट शुरु भएको यो अभियान म...
सडक मर्मत गर्ने क्रममा सशस्त्र प्रहरीको निधन

सडक मर्मत गर्ने क्रममा सशस्त्र प्रहरीको निधन

रसुवा । पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन् । गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चो...
स्थानीय तहका अस्थायी कर्मचारीले जागिर जोगाउन लोकसेवा पास गर्नैपर्ने

स्थानीय तहका अस्थायी कर्मचारीले जागिर जोगाउन लोकसेवा पास गर्नैपर्ने

काठमाडौं । स्थानीय तहमा कार्यरत अस्थायी तथा करार प्रकृतिका कर्मचारीले कुनै सुविधाविना जागिर छोड्नुपर्ने भएको छ । यदि जागिर कायमै राख्ने हो भने उनीहरुले लोकसेवाले लिने परीक्षा पास गर्नुपर्नेछ । संसदको विकास समितिले स्थानीय शासन ऐन २०७३ विधेयकलाई विभिन्न संशोधनसहित आइतबार पास गरेको छ । अब यो विधयेकको अन्तिम मस्यौदा संसदमा निर्णयार्थ पेश गरिनेछ । विधयेकमा स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारील...
रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

काठमाडौं । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ । रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए । संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ...
राजपाले शहीद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

राजपाले शहीद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

महोत्तरी। मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्। स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन्। सदरमुकाम जलेश्वर...
दशैँको टिकट बुकिङ मंगलबारदेखि खुल्ने

दशैँको टिकट बुकिङ मंगलबारदेखि खुल्ने

काठमाडौं।दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो। बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भ...
प्रधानमन्त्री देउवाद्वारा लोहारप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा लोहारप्रति श्रद्धाञ्जलि

ललितपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफू...
यस्तो रहेछ २०० जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य !

यस्तो रहेछ २०० जहाज र ८ हजार मान्छे निलेको बर्मुडा ट्राएङ्गलको रहस्य !

एजेन्सी । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्...
खोलामा डुबेर दुई युवतीको मृत्यु

खोलामा डुबेर दुई युवतीको मृत्यु

कपिलवस्तु। जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ । कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावती पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणक...
नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री महरा

नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री महरा

काठमाडौ।  उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भने, “दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्...
टोकियोमा नेवारी साहित्यका महाकविको सम्झना

टोकियोमा नेवारी साहित्यका महाकविको सम्झना

टोकियो।  नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा जापानको टोकियोमा उनको १५० औं जन्म जयन्ती मनाइएको छ । शिबुया चुबाकी गार्डेनको सभा हलमा  भएको उक्त कार्यक्रममा सहभागिहरुले नेपाली साहित्यकार र साहित्यिक संस्थाहरुले खेलेको भूमिकाका बारेमा धारणा राखेका थिए । त्यस क्रममा नेवार साहित्यका महाकवि महाजुले पुर्याएको योगदानको चर्चा गरिएको थियो । वल्र्ड नेवा अर्गनाईजेशन जापानको आयोजनामा भएको कार्...
कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध

कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध

एजेन्सी । घरेलु जनावरहरुलाई त हामी सबैले पाल्ने गरेका छौ । सँगै बसेपछि उ पनि परिवारको सदस्य जस्तै नै बन्ने गर्दछ । तर, भारतमा भने अनौठो किसिमको घटना घटेको छ । जहाँ एउटी युवतीको कुकुरसँगको पिरतीले बैवाहिक सम्वन्ध टुटेको छ । घरपालुवा जनावरसँगको बढी लगावले गर्दा यो सम्वन्ध टुटेको हो । भारतकी एक युवती करिश्मा वालिया अहिले यस्तै सम्वन्ध टुटेको घटनाले चर्चामा रहेकी छिन् । उनले कुकुरलाई यति धेरै माया...
सुनको भाउ घट्यो,यति छ आज

सुनको भाउ घट्यो,यति छ आज

काठमाडौं। सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

छालाको प्रकृति अनुसार यसरी छनौट गरौ साबुन

अहिले बजारमा थरीथरीका साबुन छन् । कुन साबुनले नुहाउने ? यसको खास हेक्का गर्दैनौ । हेर्दा राम्रो साबुन छनौट गर्छौं । कतिले सस्तो खोज्छन्, कसैले महंगो । कोहि साबुनको ब्रान्ड हेर्छन्, कोहि त्यसको आवरण । वास्तवमा सावुन धेरै रंग, फ्लेवरको हुन्छ । यसरी सावुनमा विविधता हुनु भनेको त्यसको प्रकृति पनि फरक हुनु हो । अर्थात कुन किसिमको छालामा कस्तो साबुन प्रयोग गर्ने भन्ने हुन्छ । त्यसैले साबुन प्रयोग गर्न...
यी ९ कुरा खानाले ठिक हुन्छ रुघा खोकी

यी ९ कुरा खानाले ठिक हुन्छ रुघा खोकी

यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव छ। यहाँ केही घरेलु खानेकुराको बारेमा चर्चा गरिएको छ जसले यी रोगहरुबाट बचाउँछ। १. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्। २. एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक-ए...
गुल्मीमा बिस्फोटक पर्दाथसहित एक पक्राउ

गुल्मीमा बिस्फोटक पर्दाथसहित एक पक्राउ

गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हो। श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अवैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए। श्रीस ...
दलदलमा फसेर गैँडा मर्‍यो

दलदलमा फसेर गैँडा मर्‍यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ । दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताए । साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेक...
सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याैँ नेपाल अाउदा प्रहरीकाे खाेरमा

सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याैँ नेपाल अाउदा प्रहरीकाे खाेरमा

काठमाण्डाै । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको ...
कपिलको खुलासाः सुनिल ग्रोवरले छोडेपछि रक्सी पिउन सुरु गरें त्यसकारण स्वास्थ्य खराब भयो

कपिलको खुलासाः सुनिल ग्रोवरले छोडेपछि रक्सी पिउन सुरु गरें त्यसकारण स्वास्थ्य खराब भयो

एजेन्सी। कपिल शर्मा पछिल्लो केही महिनादेखि विवादका कारण चर्चामा छाइरहेका छन् । केही महिना अघि कपिल शर्मा र सुनिल ग्रोवरका बिच झगडा भएपछि यी दुईबिच मनमुटाव भइरहेको छ । अष्ट्रेलियाबाट फर्किरहेका बेला फ्लाइटमा कपिल र सुनिलबिच नराम्रोसँग झगडा भयो र रिसले कपिलले सुनिलमाथि जुत्ता फ्याँकेकोसम्म खबर सार्वजनिक भएको थियो । यतिबेला कपिल बेंगलुरुमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका छन् र यतिबेला दिएको अन्तर...
सिरहामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्यु

सिरहामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्यु

सिरहा।  सिरहाको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षीया लाटी पुलामी मगर र  लहान नपा १३ भोटीयाटोलका ४० वर्षिय विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।  दुवै शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
प्रिमियर लिग राउण्ड अप : सिटीसँग लिभरपुलको लज्जास्पद हार, युनाइटेड बराबर

प्रिमियर लिग राउण्ड अप : सिटीसँग लिभरपुलको लज्जास्पद हार, युनाइटेड बराबर

म्यान्चेस्टर । म्यान्चेस्टर सिटीले १० खेलाडीमा सिमित लिभरपुलविरुद्ध गोलको वर्षा गर्दै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडसँग अंक बराबर गरेको छ । खेलको २४ औँ मिनेटमा सर्जियो एगुएरोको गोलले पछि परेको लिभरपुल खेलको ३७ औँ मिनेटमा साडियो मानेले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित बनेको थियो । बल नियन्त्रण गर्ने क्रममा मानेले सिटीका गोल किपर एडर्सनको अनुहारमा लात्ता हान्न पुगेका थियो । उनको स्...
error: Content is protected !!