सुनकाे भाउ घटयाे

सुनकाे भाउ घटयाे

काठमाडौं, २ असोज ।आज पनि बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?

पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?

काठमाडौं, २ असोज । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ ।अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो। डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने ह...
बारामा ६० प्रतिशत मत खस्यो

बारामा ६० प्रतिशत मत खस्यो

बारा , २ असोज । सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा दिउँसो १ बजे सम्म ६० प्रतिश मत खसेको छ। बिहान ७ बजे देखि सुरु भएको मतदानमा मतदाताहरुले उल्लेखनीय सहभागिता जनाए पछि अनुमान भन्दा बढी मत खस्न पुगेको बाराका प्रमुख निर्वाचन अधिकुत रितेन्द्र थापाले बताएका छन्। विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार १ बजे सम्म लभगभ दुई लाखको हराहारीमा...
फेसबुकको पोस्टले जेल पुर्‍याउला! होस गर्नुहोस्

फेसबुकको पोस्टले जेल पुर्‍याउला! होस गर्नुहोस्

काठमाडौं, २ असोज । पछिल्लो समय इन्टरनेटले मानिसको जीवनलाई सहज बनाइदिएको छ । खबर पठाउन परेवाको भर पर्ने दिन गएका छन् अब । चिठीपत्रको जमाना पनि छैन । सूचना प्रविधिमा भएको विकासले गर्दा विश्वलाई साँघुरो बनाइदिएको छ । हामी जहाँसुकै भए पनि विश्वका जुनसुकै कुनाका खबर क्षणभरमै थाहा पाउन सक्ने भएका छौँ । तर इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग पनि बढ्दै गएको छ । सामाजिक सञ्जालमा अभद्र र सामाजिक टिप्पण...
डिबालाको ह्याट्रिकमा युभेन्टसको प्रभावशाली जित

डिबालाको ह्याट्रिकमा युभेन्टसको प्रभावशाली जित

असोज, २ असोज । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै युभेन्टसले विजयी यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले सोसुओलोलाई ३–० ले हराएको हो । युभेन्टसको जितमा तीनै गोल पाउलो डिबालाले गरे । युभेन्टसबाट एक सयौं खेल खेलेका डिबालाले ह्याट्रिक गरे । अर्जेन्टिनी स्ट्राइकर डिबालाले १६, ४९ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । डिबालाले युभ...
भारतकाे अासाममा डुंगा दुर्घटना, दशको मृत्यु

भारतकाे अासाममा डुंगा दुर्घटना, दशको मृत्यु

नयाँ दिल्ली, २ असोज । भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन्। असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ। आसाम राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिट...
महोत्तरी : गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार पक्राउ

महोत्तरी : गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार पक्राउ

महोत्तरी, २ असोज । स्थानीय तहको तेस्रो चरण चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवार पक्राउ परेका छन् । बिहान सोनमा गाँउपालिका–८ सिंहासनी मावि मतदान केन्द्रमा दुईतर्फी झडप भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । मतदान केन्द्र बाहिर स्थानीय सरोज यादव र गाउँपालिकाका अध्यक्षका स्वतन्त्र उम्मेदवार राजवीर यादवबिचको सामान्य भनाभनले  हातहालसम्मको स्थितिआएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको ...
एक हजारको नक्कली नोट भेटियो

एक हजारको नक्कली नोट भेटियो

गोरखा, २ असोज । सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको बताउँदै गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रो...
मन्त्रिपरिषद् बैठक : चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भए, चिकित्सकले नै क्षतिपूर्ती तिनुपर्ने

मन्त्रिपरिषद् बैठक : चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भए, चिकित्सकले नै क्षतिपूर्ती तिनुपर्ने

काठमाडौँ , २ असोज । पछिल्लो समय चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकले यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको छ । चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकबाट नै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी गरेको हो । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले चिकित्सकको लापरवाहीबाट बि...
प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

काठमाडौं, २ असोज । प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए। निर्वाचन कर्मचारीले बिहान ७ बजेपछि मात्र मतदान के...
नेपालको यो ठाउँमा देखिइन् राम रहिमकी ‘छोरी’ हनिप्रित, नेपाल पुलिसले सुरु गर्यो ‘सर्च अपरेशन’

नेपालको यो ठाउँमा देखिइन् राम रहिमकी ‘छोरी’ हनिप्रित, नेपाल पुलिसले सुरु गर्यो ‘सर्च अपरेशन’

एजेन्सी, २ असोज । बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ काटिरहेकी डेरा सच्चा सौदाका प्रमुख राम रहिमकी कथित छोरी हनिप्रित नेपालको धरानमा देखिएको भारतीय संचार माध्यमले दाबी गरेको छ । भारतीय सूत्रले उनी सुनसरी जिल्लामा लुकेर बसेको जानकारी प्राप्त भएको बताएको छ । नेपालमा राम रहिमका धेरै भक्तः जब नेपालमा महाभूकम्प आएको थियो तब राम रहिमले उक्त जिल्लामा राहत अभियान चलाएका थिए । उक्त इलाकामा राम रहि...
चाडपर्वमा मापसे जाँचलाई कडाई गर्दै ट्राफिक प्रहरी

चाडपर्वमा मापसे जाँचलाई कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौँ , २ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुुर्घटना हुनसक्ने कुरा...
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदमुक्त

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदमुक्त

काठमाडौं , २ असोज । नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको जानकारी सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।
रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

रौतहट, २ असोज । रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ। उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए। दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्...
राप्रपा विभाजन सम्बन्धी मुद्दा फैसलामा ढिलाई

राप्रपा विभाजन सम्बन्धी मुद्दा फैसलामा ढिलाई

काठमाडौं, २ असोज । राप्रपा विभाजनसम्बन्धी मुद्दाको फैसला आउन ढिलाइ भएको छ । अदालतले  गत भदौ २६ गते अन्तरिम आदेश गर्ने सम्बन्धमा छलफलका लागि पेशी तोकेको थियोे । तर, २६ गतेको पेशीमा इजलास स्थगित भएपछि अर्को पेशीमा न्यायाधीश चोलेन्द्र शमशेरको इजलासमा मुद्दा पर्यो । २६ गतेको पेशी अगावै प्रतिवादी र न्यायाधीशको नाताका कारण हेर्न नमिल्ने आदेश भएपनि पुनः राणाकै इजलासमा पारियो, त्यसपछि २९ गतेको निवेदन प...
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान

काठमाडौ, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी) बाट प्राप्त जानकारीअनुसार उनले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेको हो । सोमबार प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ...
उत्तर कोरियाली जनता किन सीमा पार गर्दैनन् ?

उत्तर कोरियाली जनता किन सीमा पार गर्दैनन् ?

एजेन्सी, २ असोज ।उत्तर कोरियाबाट दक्षिण कोरियातर्फ जाने व्यक्तिहरुको संख्यामा १३ प्रतिशतले गिरावट आएको छ । यो आँकडा दक्षिण कोरियाली अधिकारीले जारी गरेका हुन् । दक्षिण कोरिया यूनिफिकेशन मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि अगस्ट महिनाको बिचमा करिब ७ सय ८० उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आए । यसमा गरिब कामदार र किसानको संख्या धेरै छ । सीमा पार गर्ने व्यक्तिको संख्यामा आएको यो गिरावटको पछाडि ...
मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल

मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएँ: माधव नेपाल

काठमाडौं, २ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे- ‘रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण !’ महतले प्रतिकात्मक रुपमा राखेको स...
बजेट आयो, कर्मचारी आएनन् : कार्य सम्पादनमा समस्या

बजेट आयो, कर्मचारी आएनन् : कार्य सम्पादनमा समस्या

म्याग्दी, २ असोज । म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई अगाडि बढाउनसमेत समस्या भएको जनप्रतिनिधिको गुनासो रहेको छ । कर्मचारीको अभाव र जनप्रतिनिधिको अधिका...
प्रदेश २ मा कुन नेताले कहाँबाट भोट हाले ?

प्रदेश २ मा कुन नेताले कहाँबाट भोट हाले ?

काठमाडौं, २ असोज । प्रदेश नम्बर २ मा आज शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ । आठवटै जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भइरहेको छ । मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालिरहेका छन् । सर्लाहीको हर्कटवा जनता स्कुलबाट ११६ वषर्ीय भैरवबहादुर दमाईले पनि मतदान गरेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । मुख्य निर्वाचन आयुक्त अयोधी प्रसा...
कंकालनी नगरपालिकाकाे एक मतदान केन्द्र तनावग्रस्त

कंकालनी नगरपालिकाकाे एक मतदान केन्द्र तनावग्रस्त

राजविराज (सप्तरी), २ असोज । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरे ।  सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् । त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । सो मतदान केन्द्रमा ...
स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

धादिङ, २ असोज । महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी ...
२५ हजारमा छोरो बेचेर मोबाइल र रक्सी

२५ हजारमा छोरो बेचेर मोबाइल र रक्सी

एजेन्सी, २ असोज । भारतको उडिसाको भद्रक शहरमा एक व्यक्तिले आफ्नो एक वर्षको छोरोलाई हालसालै २५ हजार भारुमा एक निःसन्तान दम्पत्तिलाई बेचीदिएका छन् । छोरो बेचेर प्राप्त भएको रकमबाट उनले एउटा मोबाइल फोन, केही गहना र कपडा किनेका छन् । साथै, बाँकी रहेको पैसा रक्सीमा खर्च गरेका छन् । घटना बाहिर आएपछि प्रहरीले पान्डिया मुखी नाम गरेका उक्त व्यक्ति र उनको छिमेकी बलराम मुखीलाई गिरफ्ता गरेको छ । प्रहरीले य...
मानव बेचबिखनमा संलग्न एक व्यत्ति पक्राउ

मानव बेचबिखनमा संलग्न एक व्यत्ति पक्राउ

सिन्धुपाल्चोक, २ असोज । जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार थिए । विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी...
बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?

बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?

सप्तरी, २ असोज । जिल्लाको तिरहुत गाउँपालिका २ मैनाकडेरी निवासी टुराई राम यसअघिको निर्वाचनमा धोती कुर्तामा सजिएर श्रीमतीलाई पनि सँगै लिई मत खसाल्न गएका थिए । उनी यस पटक न्यास्रो मुद्रामा मतदान गर्ने निर्णयमा पुगे । सोही ठाउँकी बृद्वा जलसीदेवी रामको अवस्था पनि टुराईभन्दा फरक रहेन । उनी पनि निराश भएरै मत हाल्ने अवस्थामा पुगिन् । बाढीपीडित जलसीले भनिन्- ‘पहिला घरमा सबैथोक हुन्थ्यो, हाँसीखुशीका साथ म...
मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोजभतेर

मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोजभतेर

काठमाडौं , २अशोज । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो दिन असोज १ गते त दलहरुले विश्वकर्मा पूजाको बहानामा गाउँ, टोललाई भोजभतेर नै खुवाए । कतिपय उम्मेदवारले त मतदाताको घरघरमै नयाँ नोटको बिटो पनि पुर्याउन भ्याए । राष्...
पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख घरभाडा !

पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख घरभाडा !

काठमाडौं । काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ । कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद अध्य...
२०७४ असोज २ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस् 

२०७४ असोज २ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस् 

मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । मिथुन– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । कर्कट– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । सिंह– भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । कन्या– व्यापारमा फा...
संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत

संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत

धनकुटा, १ असोज । धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोखबरका प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकारलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताभर उत्कृष्ट समाचार सम्प्रेषण गरेर योगदान पुर्याएको भन्दै आयोजकले संगालोखबरका प्रधान सम्पादक एवं प्रबन्ध निर्देशक कटेल र अन्नपुर्ण पोष्टका सम्वाददाता हरिबहादुर लम्जेल...
ब्वाईज यूनियनलाई भीमनारायण गोल्डकपको उपाधि (भिडियोसहित)

ब्वाईज यूनियनलाई भीमनारायण गोल्डकपको उपाधि (भिडियोसहित)

धनकुटा, १ असोज । ब्वाईज यूनियन काठमाण्डौंले धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात परेको छ । स्थानीय तल्लो टुडिखेलमा आइतबार भएको फाईनल खेलमा विर्ता यूनाईटेड झापालाई ट्राईवेकर मार्फत ३–२ गोल अन्तरले पराजित गर्दै ब्वाईज यूनियनले उपाधि जितेको हो । ब्वाईज यूनियनलाई जित दिलाउँन जय गुरुङ, आषिक थापा मगर र सेन्डिक गुरुङले गोल गरे । यता...
भ्रष्टचार गरेको भन्दै इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

भ्रष्टचार गरेको भन्दै इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

चितवन , १ अशोज ।नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन् । आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई विप्लपका कार्यकर्ताले मोविल खन्याएका हुन् । मोविल खन्याएपछि जुत्ताको माला समेत लगाइदिएका छन् । ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्ल...
error: Content is protected !!