काठमाडौँ, ११ मंसिर । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का  शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ ।

पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी बृत सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए ।

प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!