इनरुवा, सुनसरी, १२ मंसिर । सुनसरीमा जंगली हात्तिको आक्रमणबाट दुई महिलाको ज्यान गएको छ । अर्की एक महिला गंभिर घाइते भएका छिन्।

कोशी गाउँपालिका–३ मा सोमबार साँझ जंगली हात्तीले आक्रमण गर्दा ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदारको मृत्यु भएको हो।

Advertisement

हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन्। उहाँको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

कोशी टप्पु आरक्षबाट दाउरा लिएर घर फकिंदै गर्दा आरक्ष छेउको उखु खेतबाट निस्केको हात्तीले उनीहरुलाई आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!