काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ५७ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ९१ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६५ पैसा र विक्रिदर ७९ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)