- संगालोखबर सम्वाददाता

धनकुटा, ११ मंसिर । धनकुटाको सॉगुरीगढी गाउ‘पालिका–५ डाँडाबजारलाई मुलुककै पहिलो पूर्ण सरसफाई उन्मुख वडा प्रमाणिकरण स्वःघोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले एक कार्यक्रमकावीच उक्त घोषणा गरेका हुन ।

फण्डबोर्डको सहयोगमा पर्डेप नेपालले डाँडाबजारलाई यस्तो प्रमाणीकरण गरेको हो । फण्डबोर्डको सहयोगमा हाल ५५ जिल्लामा १०६ गैरसरकारी संस्था मार्फत ३ सय ९६ साविकको गाविस तथा नगरपालिकामा विगत १५ महिनादेखि पूर्ण सरसफाई तथा खुला दिशामुक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

Advertisement

उक्त कार्यक्रम अन्तर्गत साविकको २ सय ५० नगरपालिका तथा गाउँपालिकामा पूर्ण सरसफाई र १ सय ४७ नगरपालिका तथा गाविसमा सञ्चालिन सरसफाई कार्यक्रम मध्ये धनकुटा जिल्लामा पर्डेप नेपालको सहजीकरणमा डाँडाबजार ५ लाई उक्त घोषणा गरिएको संस्थाका निर्देशक तथा सरसफाई कार्यक्रमका टिम लिडर नरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।

फोहोर व्यवस्थापन, नियमित स्वच्छ खानेपानी, घर तथा सार्वजनिक स्थलको सरसफाई, नियमित चर्पी प्रयोग, प्लाष्टिक तथा घरभित्रको धुवा मुक्त, पूर्ण खोप लगायतका सुचकका आधारमा मुल्यांकन गरिएको श्रेष्ठले बताए । डाँडाबजार क्षेत्रका ५ सय ६६ घरधुरीमा सबै सुचक पुरा भएपछि हरियो स्टीकर टाँस गरिएको थियो ।

पूर्ण सरसफाई उन्मुख कार्यक्रम २०७० फागुन ३० देखि थालिएको हो । जसमध्ये पहिलो घोषणा ५ नं.वडा गरिएको वडा सचिव एलिश पोखरेलले बताए ।

पहिलो पूर्ण सरसफाई उन्मुख वडा प्रमाणिकरण घोषणा गरिएकोमा खुसी लागेको साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंग याखाले बताए । घर तथा वस्ति सरसफाई गरिने कार्य सामुहिक कार्य भएकोले सबैको प्रयासमा सफल रहेको ५ नं. वडाध्यक्ष पलकबहादुर बस्नेतको भनाई छ ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजङ्ग याखा, रेडक्रसका जिल्ला सभापति नरेन्द्र पोखरेल, मानव अधिकारकर्मी बिदुर सुवेदी, पर्डेप नेपालका सरसफाई अधिकृत मीन सुवेदी, साँगुरीगढी गाउँपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराई, पत्रकार रमेशचन्द्र अधिकारी लगायतले गाउँघरको सरसफाईमा समुदायका नागरिकको भूमिका उल्लेखनीय हुने धारणा राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!