काठमाडौं, १२ मंसिर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पंडित सहभागि चुनावी अभियानलाई लक्षित गरी बम विष्फोट भएको छ ।

Advertisement

बुढीगंगा गाउँपालिकाको कोयलपुरतर्फ चुनावी प्रचारका लागि गइरहेका बेला बम बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोटबाट कुनै किसिमको क्षती भने नभएको प्रहरी उपरीक्षक अरुण कुमार बिसिले बताउनुभयो ।

पण्डित र बामगठबन्धनका क्षेत्र ६ (२) का उम्मेदवार जीवन आचार्यलगायतका नेता कार्यकत्र्ता बुढीगंगा गाउँपालिका ५ मा गइरहेको अबस्थामा नहरमुनी सुतली बम बिष्फोट भएको प्रहरी उपरीक्षक बिसिले उल्लेख गर्नुभयो ।

उम्मेदवारहरुलाई डराउनका लागि बम बिष्फोट गराइएको र त्यसको छानबिन भइरहेको उहाँले बताउनुभयो ।  यस्तै विराटनगरस्थित हाम्रो अस्पताल छेउमा र केराबारीमा समेत ३ वटा बम फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!