धनकुटाका पत्रकारलाई तालिम
धनकुटा, ८ पुस । प्रमुख कानुन र आचारसंहिता विषयक पत्रकार आवद्धता तालिम शनिवारदेखि धनकुटामा शुरु भएको छ । नेपाल पत्रकार महासघ धनकुटाको संयोजनमा सुचना विभागले तालिम आयोजना गरेको हो ।
तालिम उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले आम नागरिकका सरोकारका विषयलाई बाहिर ल्याउन पत्रकारहरुको मूमिका महत्वपुर्ण हुने वताए । उनले समाचार सम्प्रेषण गर्दा त्यसले पार्ने प्रभावको वारेमासमेत ध्यान दिन...

























