काठमाडौं, ७ पुस । अध्यादेशबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस नेतासँग छलफल थालेकी छन् ।

Advertisement

राष्ट्रियसभा निर्वाचन अध्यादेशमा सहमति जुटाउन आज बसेको प्रमुख ५ दलको बैठक विना निश्कर्ष सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री लगायत काङ्ग्रेसका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास बोलाएकी हुन् ।

छलफल अहिले जारी छ । शीतलनिवासमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, काङ्ग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागि छन् ।

राष्ट्रपति भण्डारीका प्रेश सल्लाहकार माधव शर्माले पछिल्लो राजनीतिक गत्यावरोधबारे परामर्श गर्न राष्ट्रपतिले काङ्ग्रेस नेताहरुलाई बोलाएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!