नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन्। उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन्।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापासहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नै मन्त्रिपरिषद्को निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

यो खबर आजको अन्नपुर्ण पोष्टमा छ, ६४ मन्त्रीमध्ये २४ जनाले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयको वेबसाइटमा पनि ४० मन्त्रीले मात्रै विवरण बुझाएको उल्लेख छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!