संगालोखबर संवाददाता

प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ ।

Advertisement

प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ ।

उसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ ।

निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ दलले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो ।

मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न चुनावको समानुपातिकतर्फ सातै प्रदेशमा दलले प्राप्त गरेका सिट संख्या आयोगले सार्वजनिक गरेको छ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रदेश १ मा ३६, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४ प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५ प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० सिट बाँडफाँट गरिएको हो ।

बाँडफाँट गरिएको सिटअनुसार एमालले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले तीन÷तीन सिट पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement