काठमाडौँ, ७ पुस । कुसुम र कोहलपुरका बीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी  डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्‍याएपछि सुदूर–पश्चिम र मध्य–पश्चिमका विभिन्न एरियामा नियमित विद्युत आपूर्तिमा अवरोध पैदा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Advertisement

उक्त टावर नं. ४८५ क्षतिग्रस्त भएपश्‍चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ केभी सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेकोमा भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको प्राधिकरणले जनाएको छ।

टावरको वास्तविक क्षति जाँच गरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको पनि घिसिङले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!