संगालोखबर सम्वाददाता

धनकुटा । ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार धनकुटाको छथर जोरपाटी गाउँपालिकाले १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले कार्यक्रम गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

Advertisement

सम्मानित हुनेमा धनमायाँ लिम्बू, डम्बरबहादुर कार्की, हर्कबहादुर पुलामी, निमा शेर्पा, कमलसिंह लिम्बू छन् । त्यस्तै कुलमाया लिम्बू, खड्गबहादुर अधिकारी, सीता लिम्बू, पूर्णबहादुर खनाल, खेमकुमारी ओझा, नेत्रकुमार काफ्ले र टेन्डी शेर्पा सम्मानित भएका छन् ।

उनीहरुलाई न्यानो कपडा प्रदान गरेर सम्मानित गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख एलिना निरौलाले जानकारी दिइन् । छथर जोरपाटीमा हाल सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या ९०५ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!