संगालोखबर सम्बाददाता

विराटनगर । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङले चार दिने वुट क्याम्प सुरु गरेको छ । कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफ्नो सोचलाई व्यवसायीकतामा रुपान्तरण गर्न सक्दैनन् तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए ।

Advertisement

उद्योग संगठन मोरङले नयाँ उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन गोल्छाले सबैमा आग्रह पनि गरे । उनले चार दिने वुट क्याम्पमार्फत प्रदान गरिने ज्ञान र शिपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नयाँ सम्भावना र आयामहरुको वारेमा दक्षता अभिवृद्धि गरिने बताए ।

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा वुट क्याम्पका श्रोत व्यक्ति निरज खनालले व्यवसाय सुरु गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावि लक्ष्य निर्धारण गर्न अनुरोध गरे । उनले तालिम अवधिमा सहभागिहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थापन र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरि विजनेश मोडल क्यान्भास तयार गर्ने जानकारी दिए ।

कार्यक्रमका फोकल पर्सन प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका चौविस स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको जानकारी दिइन् । उनले छनौट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन वुट क्याम्पले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा स्र्टाटअप एण्ड इनोभेशन समितिका सदस्यहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, परामर्शदाताहरुका साथै प्रदेश नं. १ का विभिन्न जिल्लाबाट छनौट भएका स्टार्टअपमा आवद्ध उद्यमीहरुको सहभागिता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!