संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयमा विद्यार्थीहरुका तीन वटा समितिलाई पुनर्गठन गरिएको छ । विद्यालयको बाल क्लब, जुनियर रेडक्रस सर्कल र सगरमाथा टिन्स क्लवलाई पुर्नगठन गरिएको हो ।

Advertisement

अनिश्चित राईको अध्यक्षतामा बाल क्लब, हेमचन्द्र तिम्सिनाको अध्यक्षतामा जुनियर रेडक्रस सर्कल र राजन गिरीको अध्यक्षतामा टिन्स क्लव पुर्नगठन गरिएको बिद्यालयका शिक्षक अनिल तिम्सिनाले जानकारी दिए ।

तीन वटै समिति १५/१५ सदस्यीय छन् । हरेक समितिमा अपांगता भएका विद्यार्थीहरुलाई अनिवार्य सहभागिता गराइएको विद्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!