संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा घरको बरण्डाबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । गएराती करिब ८ बजे आफ्नै घरको बरण्डाबाट लड्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्रङकी ६० बर्षीया कमला राईको मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती करिब साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!