संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी गरी ३७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतमा कार्यरत १६ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेटक्वाटर छिन्ताङ धनकुटामा कार्यरत ५ जना सशस्त्र प्रहरी र १६ जना स्थानीयबासीले रक्तदान गरेका छन् । रक्तदानका लागि रेडक्रस सोसाइटीले सहयोग गरेको थियो ।

यसअघि शुक्रबार धनकुटाको सिधुवामा नेपाल रेडक्रस सोसाइटी छथर जोरपाटी सिधुवा शाखाले रक्तदान कार्यक्रम गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!