संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवासमा कांग्रेसले ‘मेरो एक कप चिया मेरो पार्टीलाई’ अभियान सुरु गरेको छ । संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम संचालनका लागि पार्टीलाई आर्थिक हिसावले सुदृढ बनाउन यस्तो अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ ।

Advertisement

नजिकिदै गरेको चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम गरेर यस्तो अभियान थालिएको कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार कांग्रेस नेता कार्यकर्ताले अब हरेक दिन एक कप चिया कम खाएर त्यो बापतको १५ रुपैयाँ पैसा पार्टीलाई प्रदान गर्नेछन् ।

पाख्रीवासमा चलाइएको यो अभियानबाट अब बार्षिक करिब ५ लाख भन्दा बढी रकम संकलन हुँने कांग्रेस पाख्रीवासका सभापति प्रेम भण्डारीले बताए ।

चुनाव चिन्ह टाँसेर स्वास्थ्य सामाग्री प्रदान
सूर्यबहादुर थापा प्रतिष्ठानले बिभिन्न दाताहरुबाट संकलन गरेको स्वास्थ्य सामाग्री पाख्रीवासका १० वटै वडामा कांग्रेसका वडा समिति र त्यहाँ रहेका स्वास्थ्य चौकीहरुका लागि प्रदान गरिएको छ । सबै वडाका कांग्रेस वडा सभापतिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई लगायतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सूर्यबहादुर थापा प्रतिष्ठानले बिभिन्न दाताहरुबाट संकलन गरेका ती स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसिएको छ । चुनाव चिन्ह टाँसेर स्वास्थ्य सामाग्रीमा राजनीति गरिएको भन्दै एमालेले यसअघि विरोध जनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!