संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सिधुवामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । निगाले सिमेन्ट उद्योगको सहयोगमा नेपाल रेडक्रस सोसाइटी छथर जोरपाटी गाउँपालिका सिंधुवा शाखाले रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

सिधुवा बजारमा शुक्रबार बिहान १० बजेबाट सुरु भएको रक्तदान कार्यक्रम साँझसम्म जारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा सिधुवाबासीहरुले रक्तादान गरिरहेका छन् ।

सो अवसरमा रेडक्रस सोसाइटी छथर जोरपाटी गाउँपालिका सिधुवा शाखाका सह–कोषाध्यक्ष तथा हाँस्य कलाकार पुष्पराज ओझाले १७ औं पटक रक्तदान गरेका छन् ।

रक्तदानका लागि रक्त सन्चार केन्द्र धरानले प्राविधिक सहयोग गरेको छ । सिधुवा शाखाले यसअघि पनि चार पटक रक्तदान कार्यक्रम गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!