एमसीसीको विरोधमा धनकुटाको पाख्रीवासमा मसाल जुलुश प्रदर्शन

एमसीसीको विरोधमा धनकुटाको पाख्रीवासमा मसाल जुलुश प्रदर्शन

धनकुटा । एमसीसीको विरोधमा आज साँझ धनकुटाको पाख्रीवास बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा जुलुश प्रदर्शन गरेका हुन् । सरकारले एमसीसी सम्झौता अघि बढाउँन खोजिरहेका बेला सत्ताधारी दल माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेता कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका हुन् । हातमा मसाल बोकेर उत्रिएका नेता कार्यकर...
मोरङको सुनवर्षीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

मोरङको सुनवर्षीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ बाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । सुनवर्षी–१ का २३ बर्षीय बिनोद तामाङलाई प्रहरीले खैरो हिरोइनसहित हिजो साँझ पक्राउ गरेको हो । साँझ करिब ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले हिडिरहेको अवस्थामा शंका लागेर तामाङको खानतलासी गर्दा लागुऔषध बरामद भएको हो । उनले प्लास्टिकमा पोको पारी शरिरमा लुकाएर राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भ...
इलामको माई खोलामा डुबेर वालिकाको मृत्यु

इलामको माई खोलामा डुबेर वालिकाको मृत्यु

इलाम । इलामको माइजोगमाई गाउँपालिका–४ स्थित माई खोलामा डुबेर एक वालिकाको मृत्यु भएको छ । माछा मार्ने क्रममा खोलामा डुब्दा माईजोगमाई–४ का दिपक राईकी ९ वर्षीया छोरी अरिनाको मृत्यु भएको हो । सोमबार बेलुकी ४ बजे माई खोलामा माछामार्ने क्रममा वालिका पानीमा डुबेकी हुन् । उनी पानीमा डुबेर अचेत भएको अवस्थामा आमाले फेला परेकी थिइन् । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको जिल्ला प...
तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज बिहान आगलागी भएको छ । म्याङलुङ नगरपालिका–१ लोकतान्त्रिक चौकमा आगलागी भएको हो । आगलागीमा परी ५ वटा घर जलेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजे स्थानीय अर्जुन अधिकारीको घरबाट आगलागी सुरु भएको हो । उनको घरमा श्राद्ध परेकाले बिहान सेलरोटी पकाउँने क्रममा चुल्होवाट आगो सल्किएको बताइएको छ । आगोले छिमेकका अन्य घरहरु पनि जलेका हुन् । आगो नियन्त्रणका लागि...
२०७८ फागुन ३ गते मंगलवारको राशिफल

२०७८ फागुन ३ गते मंगलवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी १५ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सौभाग्य योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपन...
लाइफ गार्डले ल्यायो आधुनिक सिटी स्क्यान मेसिन

लाइफ गार्डले ल्यायो आधुनिक सिटी स्क्यान मेसिन

बिराटनगर । बिराटनगरस्थित लाइफ गार्ड हस्पिटलले नयाँ सिटी स्क्यान मेसिन प्रयोगमा ल्याएको छ । आधुनिक सिटी स्क्यान मेसिन ल्याएर प्रयोग थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले मेसिनको उद्घाटन गरेका छन् । विरामीमैत्री आधुनिक सिटी स्क्यान मेसिन प्रयोगमा ल्याइएको अस्पतालले दावी गरेको छ । यो मेसिनबाट स्क्यान गर्दा अन्य मेसिनको तुल...
कविता : म र मेरो प्रणय दिवश

कविता : म र मेरो प्रणय दिवश

आज प्रणय दिवश, म एक्लो प्रेमी प्रेमिकाको पर्खाइमा तड्पिएको प्रेमी मेरी प्रेमिका पृथ्वीकी सुन्दरी स्वर्गकी अप्सरा, उ मलाई अति प्रेम गर्छे, पढ्छे अनि बुझ्छे । उत्तिकै प्रेम गर्छु म उसलाई जति म लेख्न सक्दिन । आज प्रणय दिवश, म दिल फुकाएर प्रेम गर्दैछु मेरी प्रेमिकालाई म भन्दैछु, ‘आई लभ यु’ प्रिया । म लेख्दैछु प्रेम पत्र उसलाई खोल्दैछु म दविएका इच्छाहरु, चाहनाहरु मेरो प्रेम पत्रमा ...
धनकुटामा अगेनामै जलेर महिलाको मृत्यु, कसरी भयो घटना ?

धनकुटामा अगेनामै जलेर महिलाको मृत्यु, कसरी भयो घटना ?

धनकुटा । धनकुटाको पाख्रीवासमा सोमबार भान्सा कोठामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । आगोले शरीर जल्दा पाख्रीवास नगरपालिका–९ की ५९ बर्षीया शिवमाया पुर्वछाने मगरको मृत्यु भएको हो । खाना पकाउँने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर जल्दा उनको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे घटना भएको हो । आगोले शरीर जल्दा शिवमायाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी...
चिरपटले हानेर आमाको हत्या, छोरा पक्राउ

चिरपटले हानेर आमाको हत्या, छोरा पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारेमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय गंगा प्रसाद भण्डारी छन् । आइतवार साँझ साढे ४ बजे घरायसी विवादका क्रममा भण्डारीले ७० बर्षीया आमा चन्द्रमायालाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपटले लागेर गंभीर घाइते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारका क्रममा राती साढे १० बजे मृ...
प्रेम दिवसकै दिन श्रीमतीको हत्या

प्रेम दिवसकै दिन श्रीमतीको हत्या

झापा । प्रेम दिवसकै दिन सोमबार झापाको भद्रपुरका एक युवाले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीया अनिता लिम्बुको हत्या गरेका हुन् । तामाङले बिहान साढे ५ बजे मोबाइल बिगारेको बिषयमा श्रीमती अनितालाई घाटी तथा शरिरमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् । घटनापछि तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रण...
नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस्: अस्पताल प्रशासन

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस्: अस्पताल प्रशासन

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र ...
छथर जोरपाटीका घर–घरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको उपचार

छथर जोरपाटीका घर–घरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको उपचार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रका ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि घर–घरमै स्वास्थ्यकर्मी पठाउँने व्यवस्था मिलाइएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि चौमासिक रुपमा यो कार्यक्रम थालिएको हो । गत सातादेखि पालिकाका ६ वटै वडामा जेष्...
२०७८ फागुन २ गते सोमवारको राशिफल

२०७८ फागुन २ गते सोमवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी १४ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, आयुष्मान योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४१ बजे, सूर्यास्त साँझ ५ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिश...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिक आज साँझ पिकअप दुर्घटना भएको छ । विराटनगरबाट हिलेतर्फ जाँदै गरेको को.२ च १६६६ नम्बरको पिकअप गाडी साँझ करिब ५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी पिकअप सह–चालक विराटनगर महानगरपालिका–१९ का अभिषेक सरदार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । सो पिकअपले सुँगुरको चारो बोकेको थियो । ब्रेकफेल...
कटुवा पेस्तोलसहित युवा पक्राउ

कटुवा पेस्तोलसहित युवा पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोलसहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मुगालाल माझी छन् । विशेष सूचनाका आधारमा बिहान करिव साढे ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दल कुमार राईसहितको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद गरेको हो । ...
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवार बिहान संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरिएको हो । सत्तारुढ दलका सांसदहरुले विहान ११ः१० बजे संसद सचिवालयमा प्रस्ताव गर्दा गराएका छन् । कांग्...
प्रेम पत्र

प्रेम पत्र

प्रिय काली, हेर न समय कति बदलिएछ । पोहोरको प्रणय दिवशसम्म म हरेक दिन स्कूलबाट आएर फोन गरेर “के छ खबर ? के गर्दैछौं ? सन्चै हो ? दिन कस्तो रह्यो ? के खाजा खायौ ?” भनेर नसोधिकन बस्न सक्दिनथे । मान्दैनथ्यो मेरो मन, विहान उठेर “शुभ प्रभात काली, सपना कस्तो देख्यौ ? के छ आजको कार्यक्रम ?” भनेर तिमीलाई मेसेज नगरी चिया पिउनलाई । सक्दिनथे खाना खान तिमीलाई एक कल फोन गरेर “तिमीले खाना खायौ ?” भनेर एकपल्ट ...
पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथरको यासोक बजारमा आगलागी, घरसहित पाँच पसल जलेर नष्ट

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गएराती आगलागी भएको छ । आगोले स्थानीय झरेन्द्र खतिवडाको घरसहित पाँच वटा पसल जलेर नष्ट भएका छन् । आगलागीमा इलेक्ट्रोनिक, जुत्ता, टेलर्स, एग्रोभेट र कस्मेटिक पसल पनि जलेका हुन् । खतिवडाको घरमा रहेको जुत्ता पसलबाट राती करिब ८ बजे आगलागी सुरु भएको हो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकामबाट दुई वटा दमकल आएका थिए । दमकलको सहयोगमा नेपाल प्र...
अरुण नदीको पुल भाँचियो, तीन वटा ट्रक नदीमा खसे

अरुण नदीको पुल भाँचियो, तीन वटा ट्रक नदीमा खसे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ र १ जोड्ने गरी अरुण नदीमाथि बनाइएको पुल (बेलिब्रिज) भाँचिएको छ । मकालु–५ को नुम र मकालु–१ को वालुङ जोड्ने पुल शनिवार दिउँसो भाँचिदा तीन वटा ट्रक नदीमा खसेका छन् । पुल भाँचिदा निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएका तीन वटा लोवेट ट्रक अरुण नदीमा खसेका हुन् । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचम...
२०७८ फागुन १ गते आइतवारको राशिफल

२०७८ फागुन १ गते आइतवारको राशिफल

बि.सं. २०७८ साल फागुन १ गते आइतवार ई.सं.२०२२ फेबु्रवरी १३ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, प्रीति योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः४२ बजे, सूर्यास्त साँझ ५ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल घिउ खाए...
झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापाको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । बिहान करिब ५ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रण हुँन सकेको छैन । आगो निभाउँनका लागि झापासहित मोरङ, सुनसरी र इलामका १२ वटा दमकल खटिएका छन् । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ ...
आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

काठमाडौं । विनियोजन ऐनले भन्छ,– ‘कुल बजेटको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन।’ तर, पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा बढी विनियोजन गरिएको छ। आर्थिक वर्ष (आव) २०७२\७३ मा सुरु विनियोजित बजेटको औसत २९.६७ प्रतिशतसम्म रकमान्तर गरेको थियो। यस अवधिमा १ खर्ब ६६ अर्ब रकमान्तरण भएको थियो। सोमध्ये असार अन्तिम साता मात्रै २४ अर्ब अर्थात् १४.४६ प्रतिशत रकमान्तरण भएको थियो। मन्त्रालयले नियमविपरीत २ हजार ...
कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले पार्टीको औपच...
२०७८ माघ २९ गते शनिवारको राशिफल

२०७८ माघ २९ गते शनिवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी १२ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, विषकुम्भ योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः४३ बजे, सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको या...
महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो । महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा मह...
धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटामा सम्पन्न भयो काव्य गोष्ठी

धनकुटा । धनकुटामा शुक्रबार काव्य गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ प्रदेश नं.–१ को सचिवालय बैठकको अवसर पारेर प्रगतिशील लेखक संघ धनकुटाले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश १ का कवि तथा साहित्यकारहरु सहभागि थिए । उनीहरुले गोष्ठीमा आ–आफ्नो रचना प्रस्तुत गरे । प्रगतिशील लेखक संघ प्रदेश–१ का अध्यक्ष डा.देवी क्षेत्री दुलाल, धनकुटा अध्यक्ष रमेशचन्द्र अधिकारी, कवि राजेन्द्र सर्वाहारा, म...
धनकुटा बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर भ्याली स्कुल नजिक मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । धनकुटा बजारबाट चुलिवनतर्फ जाँदै गरेको को १६ प २०१७ नं. को मोटरसाइकलले बिहिबार साँझ करिब ७ बजे पैदलयात्री महालक्ष्मी नगरपालिका–२ की ५४ बर्षीया खड्गमायाँ कटुवाललाई ठक्कर दिएको हो । ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएकी कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उप...
धरानबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

धरानबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय प्रबिण भुजेल छन् । बिशेष सूचनाका आधारमा संघीय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका भुजेलको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
गाँजालाई औषधिजन्य प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु

गाँजालाई औषधिजन्य प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु

काठमाडौं । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध...
दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो । सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई...
२०७८ माघ २८ गते शुक्रवारको राशिफल

२०७८ माघ २८ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी ११ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल दशमी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, वैधृति योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४४ बजे, सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप...
error: Content is protected !!