- संगालोखबर सम्बाददाता


काठमाडौं । प्रप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवार बिहान संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरिएको हो ।

सत्तारुढ दलका सांसदहरुले विहान ११ः१० बजे संसद सचिवालयमा प्रस्ताव गर्दा गराएका छन् । कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ महाअभियोग प्रस्तावको प्रस्तावक छन् ।

Advertisement

प्रस्ताव दर्ता गर्न सांसदहरु पुष्पा भुसाल, देव गुरुङ, जीवनराम श्रेष्ठ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए । संविधानले तोकेको जिम्मेवारी पूरा नगरेकाले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउँन महाभियोग प्रस्ताव दर्ता गरिएको उनीहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!