पत्रपत्रिका खवर

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

Advertisement

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु¥याउने निर्णय गरेको थियो ।

डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । कच्चा दूधको मूल्यवृद्धिपछि दूग्ध विकास बोर्ड र डीडीसीले दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माग पत्र पठाएका थिए । सो मागअनुसार मन्त्रालयले बुधबार उपभोक्ता मूल्य निर्धारण गर्न डीडीसीलाई सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । मन्त्रालयले डीडीसीलाई उपभोक्ता मूल्यवृद्धि गर्न अनुमति दिएपछि डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

डीडीसीका अनुसारका काठमाडौं उपत्यकामा दैनिक ७७ हजार लिटर दूध बिक्री वितरण हुन्छ भने ८० देखि ९० हजार लिटर संकलन हुन्छ । हाल देशभर दैनिक १ लाख २० हजार लिटर बिक्रीवितरण हुन्छ भने १ लाख ३० हजार लिटर दूध संकलन हुन्छ । जसमा डीडीसीले १ लाख ५ हजार लिटर बजारमा बिक्री गर्छ भने २५ हजार लिटर उद्योगलाई बिक्री गर्छ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको छ । हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (घृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । फ्याटको मूल्य १३ दशमलव ५ प्रतिशतले प्रतिलिटर २७ दशमलव २४ रुपैयाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८ दशमलव ८ रुपैयाँ गरी दूधको मूल्य ५६ दशमलव शून्य ४ रुपैयाँ कायम गरिएको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!