सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरि ढकालले नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन बलियो बनाउन निर्देशन दिएका छन् । रास्वपा धनकुटाको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘पहिला पार्टी सङ्गठन मजबुत बनाउन लाग्नुपर्छ’, उनले भने, ‘त्यसपछि मात्रै चुनाव केन्द्रित हुनुपर्छ ।’ देशमा भ्रष्टाचार मैलाएको र त्यसको अन्त्य गर्न रास्वपा लागिपरेको उनको भनाइ थिय...
केराबारी र बेलबारीमा दुई जना मृत फेला

केराबारी र बेलबारीमा दुई जना मृत फेला

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान केराबारी र बेलबारीमा दुई जना मृत फेला परेका हुन् । केराबारी गाउँपालिका-९ स्थित धरधरे सामुदायिक वनको भीरमा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी-८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । शनिबार अपरान्ह घरबाट निस्किए उनी नफर्किएपछि आफन्तले खोजी ...
२०८१ माघ ६ गते आइतबार/आजको राशिफल

२०८१ माघ ६ गते आइतबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ६ गते आइतबार ई.सं.२०२५ जनवरी १९ नेपाल सम्वत् ११४५ पोहेलागा पञ्चमी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र,अतिगंडयोग, तैतलकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाए...
एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् । कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्...
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको कन्काई नगरपालिका-१ मा आक्रमण भएको छ । आज नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्किनेक्रममा थापामाथि आक्रमण भएको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले थापामाथि आक्रमण भएको पुष्टि गरे । उनले संगालोखबरसँग भने, ‘पूर्वमुख्यमन्त्री आफ्नो...
मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकमा उपभोक्ता समिति निर्माण गरेर बाँदर नियन्त्रण अभियान चलाइएको छ । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइदिएपछि उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान थालिएको हो । समितिले भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० भन्दा बढी बाँदर बन कार्यालयलाई बुझाइसकेको छ । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईका अनुसार केही महिना अघि समिति...
दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

झापा । झापाको दमक अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले सुविधा सम्पन्न आइसीयु निर्माण गर्न सहयोग गर्ने भएको छ । स्थानीय लायन्स क्लब र दमक नगरपालिकाको सहभागितामा ३२५ सीले आइसीयु निर्माणमा सहयोग गर्ने भएको हो । ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले आइसीयु निर्माणका लागि बजेट छुट्याइसकेको छ । दमक अस्पतालमा आइसीयु अभाव हुँदा बिरामीहरूलाई धरान, विराटनगर...
ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राई २ ग्राम ३६ मिलिग्राम ब्...
धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो । उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफ...
झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो । प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्‍याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख म...
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको सुन आज एक हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार ए...
भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो । उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ । उनले पुष २५ ...
२०८१ माघ ४ गते शुक्रबार/आजको राशिफल

२०८१ माघ ४ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०८१ माघ ४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्वत् ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ...
विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो । एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...
विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगर । विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । आज दिउँसो तीन बजे विराटनगर-९ शनिमन्दिर छेउमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोरङको कटहरी गाउँपालिका-४ का मधुसुदन सिंहका १५ वर्षीय छोरा सितारामको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उप...
विराटनगरमा मोटोरोला कम्पनीको मोबाइल लन्च

विराटनगरमा मोटोरोला कम्पनीको मोबाइल लन्च

विराटनगर । विराटनगरमा मोटोरोला कम्पनीको मोबाइल लन्च भएको छ । विराटनगरको पुरानो इलेक्ट्रोनिक सामान बिक्री गर्ने हाजी स्टोरले आज पत्रकार सम्मेलन गर्दै मोबाइल लन्च गरेको जानकारी गराएको हो । हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले चौधरी ग्रुपले नेपालमा मोटोरोला कम्पनी लन्च गर्न लागेको र विराटनगरका लागि आधिकारिक डिस्ट्रिब्युटर हाजी स्टोर रहेको जानकारी दिए । आज जी ४५, जी ६४ र जी ८५ सिरिजका मोबाइल लन्च गर...
लण्डन-काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन कोइरालाको आग्रह 

लण्डन-काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन कोइरालाको आग्रह 

विराटनगर । बेलायत भ्रमणमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् । बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमशृङखलाहरू नाङ्गो हुँदै गएको बताए । उनले पानीका मुहानहरू सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको...
डस्टबिनमा भेटियो नवजात शिशुको शव 

डस्टबिनमा भेटियो नवजात शिशुको शव 

विराटनगर । प्युठानमा एक नवजात शिशुको शव डस्टबिनभित्र भेटिएको छ । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएका हो । स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा शव फेला परेको छ । उक्त सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।
माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी बरालको शव नेपाल ल्याइने

माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी बरालको शव नेपाल ल्याइने

विराटनगर । माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी गौरी कुमारी बरालको शव नेपाल ल्याइने भएको छ । उनको शव आज माल्टाबाट नेपाल पठाइने भएको हो । एनआरएनए माल्टाका अनुसार बरालको शव शनिबार नेपाल आइपुग्ने छ । बर्दिबासकी बराल जनवरी ६ मा दुर्घटनामा परेकी थिइन् । उनको उपचारका क्रममा जनवरी ११ मा मृत्यु भएको थियो । एनआरएनए माल्टाका अनुसार टाउकोमा गहिरो चोट लागेका कारण उनलाई बचाउन नसकिएको हो । २५ वर्षीया बराल २...
खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । विमानस्थलका अनुसार भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । विराटनगरमा बिहानैदेखि हुस्सु लागेको छ । मौसममा सुधार आएसँगै नियमित उडान सुचारु हुने विमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार बिहानै देखि उडान प्रभावित भएको हो । आज बिहान ११ बजे यति एयरलाइन्सको विमान काठमाडौं उडेको र त्यस...
संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

विराटनगर । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेका छन् । बुधबार दिउँसो करिब सवा तीन बजे स्थानीय रामकुमार राईको भान्साघरबाट आगलागी सुरु भएको थियो । राईको भान्साघरबाट सुरुभएको आगलागीबाट अन्य घरहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको दुई तले घर, अमृता लालसिंह लिम्बु र सुशील तामाङक...
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार  सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको भने सोमबार एक लाख ५५ ह...
सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

विराटनगर । सोलुखुम्बुको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । नेचासल्यान गाउँपालिका-३ गैरिबारीका मुक्ति बास्तोलाको घरमा बुधबार साँझ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनको तीन तले घरमा आगलागी हुँदा करिब २४ लाख बराबरको क्षति भएको छ । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय नेचाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सह...
२०८१ माघ ३ गते बिहीबार/आजको राशिफल

२०८१ माघ ३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ माघ ३ गते बिहीबार ई.सं.२०२५ जनवरी १६ नेपाल सम्वत् ११४५ पोहेलागा तृतिया, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण तृतीया, चन्द्रमा कर्कट राशिमा, अश्र्लेषानक्षत्र, आयुष्मानयोग, वणिजकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दादहि खाएरजुनसुकै दिशाको ...
एक सय ११ किलो गाँजासहित एक जना पक्राउ

एक सय ११ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । मकवानपुरबाट एक सय ११ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-२ स्थित डाँडाखर्क का ३४ वर्षीय रावल स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । हेटौँडा-१५ स्थित रातोमाटे चेकपोष्टबाट उनलाई गाडी र गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौँडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडी भित्र लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीको भनाइ छ । उनलाई निय...
पक्राउ परिन् आशिका तामाङ 

पक्राउ परिन् आशिका तामाङ 

विराटनगर । सामाजिक अभियन्ताका रूपमा परिचित आशिका तामाङ पक्राउ परेकी छन् । उनलाई आज केहीबेर अगाडि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो । अहिले उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ । केही दिनअघि पशुपतिमा तैनाथ प्रहरीलाई अधिकारीमाथि दुव्र्यबहार गरेको उनलाई आरोप छ ।
धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटा । एक आपसमा जोडेर बनाएका घर । हेर्दा आकर्षक, अनि आत्मियता झल्काउँछन् । यी घरले यहाँका मानिसको एकता समेत दर्साउँछ । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेबासमा यस्तै घर छन् । जो एक आपसमा जोडेर बनाइएका छन् । यहाँ करिब ९५ घरपरिवार मगर समुदायको बसोबास छ । जहाँ पुराना र कलात्मक घरहरू छन् । यी घरहरू पुर्खाले परापूर्वकालमा निर्माण गरेको स्थानीय बताउँछन् । यस ठाउँका मानिसको मुख्य पेशा कृषि हो । वार...
मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने एक बजे टंकी चोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर-४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते...
धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटा । किरातीहरूको नयाँ वर्ष यले दोङ ५०८५ सालको अवसर पारेर धनकुटामा सुम्निमा पारुहाङ भवनको शिलान्यास गरिएको छ । मङ्गलबार किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले भवनको शिलान्यास गरेको हो । धनकुटा नगरपालिका-६ स्थित राई कुवा टोल साकेला पार्कमा भवनको शिलान्यास गरिएको छ । प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समिति सचिव अस्मिका राईले भवनको शिलान्यास गरेकी थिइन् । किरात राईहरूको क...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला आठ सय रुपैयाँले घटेको सुन आज चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार  सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएका थियो । आइतबार एक लाख ५५ हजार सात सय रुपैया...
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला र विराट...
error: Content is protected !!