सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु

सुनसरी । सुनसरीका बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्युु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साँझ भएका दुर्घटनामा मृत्यु हुनेमा एकजना महिला छिन् । हरिनगरा गाउँपालिका–२ स्थित हुलाकी सडकमा भुटाहाबाट हरिनगरा जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीया दुखनीदेवी दासको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भ...
महिलालाई कुवेत लगेर यौन शोषण गराएको आरोपमा मोरङको रंगेलीका पुरुष पक्राउ

महिलालाई कुवेत लगेर यौन शोषण गराएको आरोपमा मोरङको रंगेलीका पुरुष पक्राउ

विराटनगर । भिजिट भिसामा एकजना महिलालाई कुवेत पुर्याएर शोषण गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रबहादुर अधिकारीलाई पक्राउ गरेको छ । मानव बेचबिखन गरेको आरोपमा उनलाई हिजो मानव बेचबिखन नियन्त्रण ब्युरो काठमाडौँको टोलीले ललितपुर महानगरपालिका–२४ मा पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै भिजिट भ...
२०८१ साउन ३ गते बिहीबार/आजको राशिफल

२०८१ साउन ३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ साउन ०३ गते बिहीबार ई.सं.२०२४ जुलाई १८ नेपाल सम्वत् ११४४ दिल्लाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै ...
धनकुटामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ ठुलोगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको प्र.१–०२–००३ त ५८३ नम्बरको ट्याक्टरले किचेको हो । दुर्घटनामा स्थानीय ४० वर्षीय बलिमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार राई लड्दा सोही ट्याक्टरको चक्काले किचेर घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि ट्याक्टर चालक दिपराज राईलाई प्रहरीले नियन्त्रणम...
विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते

विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा ३० जना घाइते

विराटनगर । विराटनगरमा प्रहरीको ‘टु टेन’ गाडी दुर्घटना भएको छ । आज साँझ विराटनगर महानगरपालिका–१५ भट्टीमोडमा गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते भएका प्रहरीहरूको कोशी, न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भट्टीमोडस्थित टर्निङमा स्कुल बसलाई जोगाउन खोज...
कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

कुटपिटबाट सुनसरीको बराहक्षेत्रका बालकको मृत्यु

सुनसरी । सुनको मुन्द्री खोस्ने प्रयासमा कुटपिट हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा बिक्रम बिकका ६ वर्षीय छोरा अबि बिकको हिजो साँझ मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका वीरबहादुरले ती बालकले कानमा लगाएको सुनको मुन्द्री तानेर आफूले लिने प्रयास गरेका थिए । त्यस क्रममा बालकले नमान्दा उनले निर्घ...
धनकुटाकाे देब्रेबासमा कार दुर्घटना

धनकुटाकाे देब्रेबासमा कार दुर्घटना

धनकुटा । पाख्रीबासबाट धनकुटा सदरमुकाम आउँदै गरेको कार देब्रेबासमा दुर्घटना भएको छ । पाख्रीबास व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमको को २ च १३४१ नम्बरको कार दुर्घटना भएको हो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा सहभागी हुन आइरहेका कर्मचारी सवार उक्त कार धनकुटा नगरपालिका–४ देब्रेबासमा २ः२० बजे दुर्घटना भएको हो । सडकबाट करिब २५ मिटर तल खसेर स्थानीयको घरको भित्तामा कार ठोक्किएक...
कुकुर मारेको निहुँमा बुवाको हत्या गर्ने पक्राउ

कुकुर मारेको निहुँमा बुवाको हत्या गर्ने पक्राउ

नवलपरासी । आफूले पालेको कुकुरलाई मारेको भन्दै एक युवकले आफनै बुवाको हत्या गरेका छन् । कावासोतीका निराजन कुमालले आफ्ना बुवा प्रेम कुमालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान कावासोती नगरपालिका–५ ठकुरीचोकमा कुकुरलाई मारेको विषयमा उनीहरुबीच झगडा भएको थियो । कुकुरलाई किन हिर्काएर मारेको भन्दै ती युवकले बुवालाई ढुगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट ४३ वर्षीय प्रेमको घटनास्थलम...
पाथीभरामा दुई लाखभन्दा बढी श्रद्धालु

पाथीभरामा दुई लाखभन्दा बढी श्रद्धालु

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्रीले दर्शन र पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाङबाङका अनुसार असारमा मात्रै झण्डै तीन हजारजना श्रद्धालु पाथीभरा पुगेका थिए । तस्वीर सौजन्यः मनमणि काफ्ले
नेवाः परम्परा शैलीको प्रतीक्षालय

नेवाः परम्परा शैलीको प्रतीक्षालय

काठमाडौँ महानगरपालिकाले बानेश्वरमा निर्माण गरेको नेवाः परम्परा शैलीको फल्चा डिजाइनको बस प्रतीक्षालय । तस्वीरः विनोद विष्ट/संगालोखबर
झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापा । झापाको गौरादहमा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको दुर्घटनामा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बा ७० प १८४ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । एउटा मोटरसाइकलका चालक भण्डारी र अर्कोका २८ वर्षीय दुर्गा ताजपुरिया घाइते भएका थिए । दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा...
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

विराटनगर । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि क...
 २०८१ साउन २ गते बुधबार/आजको राशिफल

 २०८१ साउन २ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ साउन ०२ गते बुधबार ई.सं.२०२४ जुलाई १७ नेपाल सम्वत् ११४४ दिल्लाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुभ योग,वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ बजे, सूर्यास्त साँझ ०७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा रा...
कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक गर्ने जनाएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डले जनाएको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बताएका छन् । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको जनाइएको छ । गत वैशाख १४ गतेबाट स...
विराटनगरको केसलिया खोलामा मोटरबोट परीक्षण

विराटनगरको केसलिया खोलामा मोटरबोट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले केसलिया खोलामा मोटरबोटको परीक्षण गरेको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको आज परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेका थिए । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नाग...
खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङ । भोजपुरबाट खोटाङको दिक्तेल जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ मा आज अपराह्न दुर्घटना हुँदा त्यसमा सवार स्थानीय २१ वर्षीय जीवन देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका सहचालक घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै ट्याक्टर चालक फरा...
संखुवासभामा पहिरोले पुर्दा सासू-बुहारीको मृत्यु

संखुवासभामा पहिरोले पुर्दा सासू-बुहारीको मृत्यु

संखुवासभा । संखुवासभामा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो । मोतिमाया र समीक्षा सासु-बुहारी हुन् । उनीहरूलाई पहिरोसँगै खसेको ढुङ्गाले किचेको हो ।  घटनामा परी २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ...
विपद्का घटनामा परी कोशी प्रदेशमा एक महिनामा २० जनाको मृत्यु

विपद्का घटनामा परी कोशी प्रदेशमा एक महिनामा २० जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा विपद्का घटनामा परी २० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म बाढी, पहिरो लगायतमा परी २० जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार अविरल वर्षाका कारण उत्पन्न विपद्का घटनामा परी देशभर मृत्यु हुनेको सङ्ख्या १ सय ३१ पुगेको छ । बाढी, पहिरो लगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधे...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन तोलाको एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जन...
२०८१ साउन १ गते मङ्गलवार/आजको राशिफल

२०८१ साउन १ गते मङ्गलवार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । ...
ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको गृहजिल्ला झापामा आज दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ । एमाले, काँग्रेस लगायत दलका नेता कार्यकर्ता तथा स्थानीयवासीले साँझ दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेका हुन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् । चौथो पटक प्रधानमन्त्री भएका ओली मुलुकको ४५ औं प्रधानमन्त्री बनेका हुन् । ...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ पर्नेछ । सुर्खेत र दाङ वरपर १७० तथा काठमाडौं, पोखरा र दिपायल ...
धनकुटाबाट जोगवनी लैजाँदै गरेको गाँजा विराटनगरमा समातियो, तीन जना पक्राउ

धनकुटाबाट जोगवनी लैजाँदै गरेको गाँजा विराटनगरमा समातियो, तीन जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-४, इक्राहीबाट १०१ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कारमा राखेर गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो । धनकुटाबाट बा.६ च.४६८९ नम्बरको कारको डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञान...
प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीले आज राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास विष्णु पौडेल: उपप...
प्रधानमन्त्री ओलीले लिए सपथ

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन् ।  राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि गठबन्धन गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ...
त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

चितवन । पहिरोका कारण बससहित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये आज बिहानसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । गत शुक्रबार पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा ६५ जना बेपत्ता भएको अनुमान गरिएको छ । तिनैमध्ये ११ जनाको शव फेला परेको हो । तीनजना भो पौडिएर बाँच्न सफल भएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला पर...
कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा एउटा कारभित्र ठूलो परिमाणमा गाँजा भेटिएको छ । बा ६ च ४६८९ नम्बरको कारमा १०२ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा टोली परिचालन गरी निगरानी गर्ने क्रममा हिजो अपराह्न उक्त स्थानमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । शंका लागेर कारलाई नियन्त्रणमा लिइ प्रहरी टोलीले जाँच गरेको थियो ।...
२०८१ असार ३१ गते सोमबार/आजको राशिफल

२०८१ असार ३१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ असार ३१ गते सोमबार ई.सं.२०२४ जुलाई १५ नेपाल सम्वत् ११४४ दिल्लाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल नवमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ०७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जु...
चौथोपटक युरोकप जितेर स्पेनको कीर्तिमान

चौथोपटक युरोकप जितेर स्पेनको कीर्तिमान

विराटनगर । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इङ्गल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इङ्गल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनल...
पदक विजेता कोशीका खेलाडीहरु पुरस्कृत

पदक विजेता कोशीका खेलाडीहरु पुरस्कृत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका २ सयजना खेलाडीलाई आज पुरस्कृत तथा सम्मानित गरेको छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् । खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको ...
विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगर । बहुभाषिक नीतिअनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ । आजदेखि सुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो १ बजेर ४५ मिनेटमा प्रसारण हुनेछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रसारण सुरु गर्दै यसले भाषा संस्कृतिको विकासमा थप बल पुग्ने बताए । उनले संविधानमा उल्लेख भएअ...
error: Content is protected !!