पदक विजेता कोशीका खेलाडीहरु पुरस्कृत
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका २ सयजना खेलाडीलाई आज पुरस्कृत तथा सम्मानित गरेको छ । अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् ।
खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको ...































