बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

बिहारमा विधानसभा निर्वाचन : पूर्वी नाका ७२ घण्टा बन्द हुने

झापा । बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । ११ नोभेम्बर अर्थात कात्तिक २५ मा हुने दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ अर्थात क...
विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगरको बाल सुधार गृहबाट फरार भए ७ जना ‘बाल बिझ्याइँकर्ता’

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधार गृहबाट ७ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । आज साँझ कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा उनीहरू फरार भएका हुन् । फरारमध्ये एक जना फेला परेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । प्रहरीका अनुसार भागेकाहरू १८ वर्षभन्दा माथिका छन् । ‘सात जना फरार भएकामा जबरजस्ती करणीमा सुधार गृहमा रहेका एक जना ...
विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम 

विराटनगर । विराटनगरमा कौसी खेतीसम्बन्धी तालिम भएको छ । विराटनगर जेसीजको आयोजनामा घरमै सब्जी उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम भएको हो । ‘जमिनबाट नै सुरुवात हुन्छ जीवन, एकले ५ जना लाई सिकाऔं, स्वस्थ खानपान गरौं’ भन्ने नारासहित कौसी खेती सम्बन्धी तालिम आयोजना गरिएको हो । सचेतना कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा कृषि अभियन्ता लोकेन्द्र थापाले कौसी खेतीसम्बन्धी तालिम दिएका थिए । ...
झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका-६ मा इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । उपचारपछि घर फर्काइएका उनको बुधबार मृत्यु भएको हो । प्रहरीका अनुसार कात्तिक ११ गते साँझ कमल गाउँपालिका-६ मंगलबारेमा बिजुलीको पोलमा चढेर वाइफाई मर्मत गरिरहेका शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आसिस खनाललाई करेन्ट लागेको थियो । उनी फस्ट लिंक (वाइफाई) कम्पनीमा कार्यरत थिए । क...
मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

मोरङ र इलाममा तीन जना पुरुष मृत फेला

विराटनगर । मोरङमा दुई जना पुरुष मृत फेला परेका छन् । ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका-५ का ५६ वर्षीय दुर्गाप्रसाद खवास मृत भेटिएका हुन् । ग्रामथान गाउँपालिका-७ साधुटोलस्थित पैनीमा आज उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । यस्तै उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका छन् । उनलाई मिक्लाजुङ गाउँपालिका-६ कत्लेस्थित सडक छेउ मृत फेला पारिएको प्रहरीले जनाएको छ । ...
स्थायी लेखा नम्बर अब स्थानीय तहबाटै दिइने

स्थायी लेखा नम्बर अब स्थानीय तहबाटै दिइने

काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएकोमा  हाल करदाता सेवा कार्यालयहरू खारेज भएपछि स्थानीय तहबाटै प्रदान गरिने भएको हो । विभागले भनेको छ, ‘स्थानीय ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-५ पुल्चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-२ का १९ वर्षीय विकाश कुमार यादव र भारतको बिहार भवानीपुरका १९ वर्षीय कृष्णकुमार मेहता छन् । बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३.१७ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । पक...
यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो । खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । विराटनगर-११ का विमल...
धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटामा आजबाट वाडाङ्मेट कोप्चे फेस्टिभल 

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा वाडाङ्मेट कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुनः जागरण अभियानको संयुक्त आयोजनामा आजबाट फेस्टिभल सुरु हुन लागेको हो । मौलिक कला, संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको हो । नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले फेस्टिभलमा सहयोग गर्ने जनाइएको छ । फेस्टिभलमा स्था...
धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटाको करदाता कार्यालय नहटाउन माग गर्दै वाणिज्य संघले बुझायो ज्ञापनपत्र

धनकुटा । धनकुटाको करदाता सेवा कार्यालय नहटाउन माग गर्दै उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ । सरकारले हालसालै गरेको निर्णय अनुसार कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । सो प्रक्रियालाई तत्कालै रोक्नुपर्ने माग गर्दै वाणिज्य संघले आज धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...
मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

मोरङको जहदामा एम्बुलेन्सभित्र भेटियो ३३ किलो गाँजा, दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट एम्बुलेन्समा गाँजा ओसार-पसार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीला...
सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन हजा...
विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगर । विराटनगरका सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ । विराटनगर जेसीजले ‘जेसीज सप्ताह-२०२५’ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि सफारी चालकहरूलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो । बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रियता आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताए । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदै...
जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो । ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हतियार गत भदौ २४ मा जेन...
धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटामा डेरी उद्योगको लहर, कृषकहरू उत्साहित

धनकुटा । धनकुटामा डेरी उद्योग थपिन थालेका छन् । पछिल्लो समय व्यवसायी छुर्पी उत्पादन बढेसँगै डेरी उद्योग पनि थपिन थालेका हुन् । घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग थपिएपछि रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । डेरी उद्योगबाट घ्यू, चिज, पनिर र खुवा लगायत पनि उत्पादन हुँदै आएको छ । नेपालीको सेनाको जागिरबाट अवकाश भएपछि छुर्पी उत्पादनमा लागेका महालक्ष्मी नगरपालिका-१ का रामबहादुर पौडेलले आ...
योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । आज उनको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्...
एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई आज फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ...
धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैधरूपमा रोपिएको तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग गाँजाका बोट नष्ट गरिएको हो । धनकुटाको सहिदभूमि गाउँपालिका-२ का विभिन्न स्थानबाट प्रहरीले ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाएर नष्ट गरेको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिकाको बिभिन्...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय...
पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

पाख्रीबासको राम्चेडाँडा पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मा अवस्थित राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय राम्चेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । जिल्ला सदरमुकामबाट करिब २१ किलोमिटरको दूरीमा अवस्थित राम्चेडाँडाबाट कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाको अवलोकन गर्न सकिन्छ । यस्तै यहाँबाट तराईका समथर फाट समेत देखिन्छन् । अरुण उपत्यका, मकालु र गौरीशङ्कर हिमालसँगै यस स्थान...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि विभाजित भएको हो । पार्टीका पूर्वउपमहासचिव शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै शर्माले प्रगतिशील अभियान, ...
वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो । कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजा...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
पक्राउ परे निकोलस भुसाल 

पक्राउ परे निकोलस भुसाल 

काठमाडौं । निकोलस भुसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज पक्राउ गरेको हो । उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको हो । सार्वजनिक रूपमा अन्टसन्ट बोल्दै आएका भुसालले तीन दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर उनी ...
असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

इलाम । गत असोज १८ र १९ मा आएको भारी वर्षापछिको बाढीपहिरोले इलाममा करिब १२ अर्बको क्षति भएको छ । विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति भएको हो । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक वि...
काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...
मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो । गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ  । जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ...
कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३...
मोरङ र सुनसरीमा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने

मोरङ र सुनसरीमा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने

विराटनगर । मोरङ र सुनसरी जिल्लामा बहु-दीर्घकालीन रोगको अध्ययन गरिने भएको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अगुवाइमा हुन लागेको अध्ययनको नेतृत्व विराटनगरका डाक्टर उदय नारायण यादवले गर्नेछन् । उनी अस्ट्रेलियामा अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर हुन् । अध्ययनको बारेमा जानकारी गराउन गरिएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरूले अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा ...
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार १५ रु...
error: Content is protected !!