ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा बाढीले पुल क्षतिग्रस्त बनाएको छ । पर्यटकीय सिजन सुरु हुन लाग्दा झोलुङ्गे पुल भत्किएपछि समस्या भएको छ । स्थानीय बासिन्दालाई पनि आवागमनमा कठिनाइ भएको छ ।
दुई दिनअघि अविरल वर्षापछि आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रमा पर्ने बाटो र उक्त पुल भएर कञ्चनजङ्घा आधार शिविरतिर आउजाउ हुने गरेको थियो । पुलमा क्षति पुगेपछि अब समस्या ह...





























