भेडेटारबाट १६ किलो गाँजासहित पति-पत्नी पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।
सहिदभूमि गाउँपालिका-७ घर भएका ३९ वर्षीय निकेन्द्र राई र उनकी पत्नी ३० वर्षीया निशा राईलाई गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
को ३३ प ९३०७ नम्बरको म...































