सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ को एक कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोसी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
बर्डफ्लु पुष्टि भएसँगै मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।
मन्त्रालयले सप्तकोसी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची...

























