विराट ट्रेड एक्स्पो : सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्ने प्रयास
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पो अन्तर्गत आज ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ । एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन् ।
छलफलमा सिटिइभिटीका इटहरीका सह-निर्देशक दुर्गा प्रसाद ओझाले सिटिइभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्द...































