विराट गोल्डकपको तयारी अन्तिम चरणमा, कुन-कुन टिम सहभागि हुँदैछन् ?
विराटनगर । आगामी चैत २८ गतेदेखि हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको छ । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ हुन लागेको प्रतियोगितामा ...































