रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ संसारीमाई स्थानमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकअप चालक विराटनगर-८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार करिब २ः४० बजे बोइलर कुखुराको दाना बोकेर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को २ च १३०० नम्बरको पिकअप डिभाइडरमा ठोक्किएको थियो ।
पिकअपमा सवार विराटनगर-८ कै २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पर...





























