मोरङ–२ मा रास्वपाका कृष्ण कार्की २५ हजार बढी मतान्तरले विजयी
विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन् ।
कार्की ४० हजार ९ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियालाई २५ हजार ३ सय मतले पराजित गरेका छन् ।
बगडियाले १५ हजार ६ सय २४ मत ल्याउँदा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त...



























